७ बैशाख २०८१, शुक्रबार

गण्डकी प्रदेशमा १ सय ९३ जना कोरोना संक्रमित थपिए

प्रकाशित मिति :  5 November, 2020 2:43 pm


काठमाडौं, २० कात्तिक ।
गण्डकी प्रदेशमा १ सय ९३ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेशका ७ जिल्लामा १ सय ९३ संक्रमित थपिएको गण्डकी स्वास्थ्य निर्देशनाल जनाएको छ ।

थपिनेमध्ये कास्कीका १ सय १५ संक्रमित रहेका छन् भने नवलपरासीमा ४७, पर्वतमा १४, तनहुँमा ११ संक्रमित थपिँदा बागलुङ, स्याङ्जा र लमजुङमा २/२ जना संक्रमित थपिएका छन् ।

गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ८ हजार ४ सय ५७ पुगेको छ । तीमध्ये ४ हजार ६ सय ५७ जना निको भएका छन् भने ९३ को मृत्यु भएको निर्देशनालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !