२७ बैशाख २०८१, बिहिबार

पछिल्लो २४ घण्टामा उपत्यकामा १३९८ जनामा कोरोना संक्रमण

प्रकाशित मिति :  5 November, 2020 5:04 pm


काठमाडौं, २० कात्तिक ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १३ सय ९८ जना कोरोना भाइरस संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको तत्थ्यांक अनुसार उपत्यकामा कोरोना संक्रमित मध्ये ६०१ जना महिला र ७९८ जना पुरुष रहेका छन् ।

काठमाडौंमा मात्र हालसम्म १६ हजार ३३१ सक्रिय कोरोना भाइरस सक्रमित रहेका छन् भने २५९ जनाको मृत्यु भएको छ ।

त्यसैगरी भक्तपुरमा हालसम्म एक हजार २४८ जना सक्रिय संक्रमित रहेका छन् भने ६९ जनाको मृत्यु भएको छ ।

ललितपुरमा दुई हजार २७६ सक्रिय संक्रमित रहेका छन् भने हालसम्म ६५ जना संक्रमितको मृत्यु भएको छ ।



प्रतिक्रिया दिनुहोस !