२१ बैशाख २०८१, शुक्रबार

दाङको देउखुरीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

प्रकाशित मिति :  15 November, 2020 4:47 pm


दाङ , ३० कार्तिक ।

दाङको देउखुरीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही–भालुवाङ सडकखण्डको लमही नगरपालिका – १ नर्तीमा ना ६ ख ४६७ नम्बरको ट्रकको ठक्करबाट आज बिहान अन्दाजी ४० वर्षीया महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

विराटनगरबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ट्रकले ठक्कर दिएपछि गम्भीर घाइते भएकी पहिचान नखुलेकी ती महिलालाई लमही अस्पताल     पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता सुमित खड्काले ठक्कर दिएर भागेको ट्रकलाई लमही –९ रिहारबाट नियन्त्रणमा लिइएको जानकारी दिए । महिलाको शव भने परीक्षणका लागि लमही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !