१८ बैशाख २०८१, मंगलबार

पूर्वसभामुख महरा पत्नी सीताको निधनमा रोल्पामा श्रद्धाञ्जी सभा (फोटो फिचर)

प्रकाशित मिति :  17 November, 2020 1:48 pm


रोल्पा ,२ मंसिर ।

पूर्वसभामुख कृष्णबहादुर महरा पत्नी सीताको निधनमा रोल्पामा आज श्रद्धाञ्जी सभाको आयोजना गरिएको छ । दाङमा १३ औं दिनमा श्रद्धाञ्जली सभा कार्यक्रम भएको थियो । पत्नीको निधनपछि महरा परिवार रोल्पा पुगेको छ ।

रोल्पा नगरपालिकाको मेबाङमा रहेको पुर्खेयौली घरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पाले श्रद्धाञ्जली कार्यक्रम गरेको हो । कार्यक्रममा  पूर्वसभामुख ओनसरी घर्ती, लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद के.सी. लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार पुन, जिल्लाका नेता, सबै स्थानीय तहका प्रमुख लगायत शुभेच्छुकहरुले सभामा पुगेर श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

उपचारका क्रममा काठमाडौंमा निधन भएकी सीताको काठमाडौंमै अन्तिम संस्कार गरेर महरा परिवारले दाङमा परम्परागत रुपमा काजकिरिया गरेको थियो । १३ औं दिनको काम सकेलगत्तै महरा आज रोल्पा गएका हुन् । सीताले आफ्नो अन्तिम क्षणहरु पुर्खेयौली घर मेबाङमै विताएकी थिइन् ।

मेबाङमै रहेका बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि सीतालाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो। निमोनिया र स्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक हस्पिटलमा भर्ना गरिएको थियो।

नर्भिक हस्पिटलमा पीसीआर टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको थियो। १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममै कात्तिक १९ गते सीताको निधन भएको थियो ।

फोटो: लुम्बिनी सञ्चार



प्रतिक्रिया दिनुहोस !