७ जेष्ठ २०८१, सोमबार

मंगलबार रातो मच्छिन्द्रनाथको नयाँ पुजारी नियुक्त गरिँदै

प्रकाशित मिति :  21 December, 2020 4:26 pm


काठमाडाैं, ६ पुस । 

वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रेखदेख, पूजा र जात्रा व्यवस्थापनका लागि नयाँ पुजारी नियुक्त गरिँदै छ ।

मच्छिन्द्रनाथ गुठीका ३१ पानेजु गठन गरिने परम्परा रहँदा पिता भुवनराज शाक्यको निधनपछि पुत्र सम्पूर्णराजलाई नयाँ पानेजु नियुक्त गर्न लागिएको हो ।

पुजारी बन्न पाँच दिनअघिदेखि चोखाे खाएर बसेको, विभिन्न देवीदेवताका पूजापाठ गरिएको र रातो ओढ्ने ओढेर प्रक्रिया अघि बढाइएको अर्का पुजारी हेम बज्राचार्यले बताए ।

उनले भने, “भोलि(मङ्गलबार) हामी आठ पुजारी बसेर सानो पूजा सकेपछि नयाँ पानेजु नियुक्त गर्ने कार्य पूर्ण हुन्छ ।”



प्रतिक्रिया दिनुहोस !