२५ बैशाख २०८१, मंगलबार

गण्डकी प्रदेशमा ११ जना कोरोना संक्रमित थपिए

प्रकाशित मिति :  22 December, 2020 2:30 pm


काठमाडौं, ७ पुष ।

गण्डकी प्रदेशमा मंगलबार ११ जना कोरोना संक्रमित थपिएका छन् । पोखरामा ९ सहित गण्डकी प्रदेशमा मंगलबार दिउँसो थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार कोरोना संक्रमण पुष्टि हुनेहरुमा पोखरा महानगरपालिका वडा नं ४ का १ पुरुष, ६ का १ पुरुष, ७ की १ महिला, ११ का २ पुरुष, १५ का १ पुरुष, १७ का २ महिला, ३१ का १ पुरुष रहेका छन् ।

त्यस्तै स्याङजा जिल्ला आँधीखोलाकी १ महिला, अर्जुनचौपारीका १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४ हजार ३० पुगेको निर्देशनालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !