१५ चैत्र २०८०, बिहिबार

ओली पक्षको केन्द्रीय सदस्यलाई प्रशिक्षण गर्न जिम्मेवारी तोकियो, यस्ता छन् प्रशिक्षक

प्रकाशित मिति :  23 December, 2020 11:07 am


काठमाडाैं, ८ पुस । 

नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षका नव नियुक्त केन्द्रीय सदस्यलाई  कार्यगत प्रशिक्षण गरिने भएकाे छ । प्रशक्षिण गर्न सातै प्रदेशका लागि जिम्मेबारी तोकिएकाे छ ।

नवनियुक्त प्रवक्ता प्रदिप ज्ञवालीले प्रशिक्षणका लागि ताेकिएका नेताहरूकाे नामावली सार्वजनिक गरेका छन् । नावालवी अनुसार नेताहरू कार्यक्षेत्रमा खटिइसकेकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा नेता सूर्य थापाले बताए ।

ताेकिएकाे जिम्मेवारी अनुसार अनुसार बगमती प्रदेशमा ईश्वर पाेखरेल, टाेपबहादुर रायमाझी र पद्मा अर्याल ताेकिएका छन् ।

 

यस्ताे छ जिम्मेवारीः 

१.सुदूरपश्चिम प्रदेश- लेखराज भट्ट, प्रदीप ज्ञवाली, कर्णबहादुर थापा र डा. विन्दा पाण्डे ।

२. कर्णाली प्रदेश- शंकर पाेखरेल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र सुजिता शाक्य ।

३. लुम्बिनी प्रदेश- विष्णुप्रसाद पाैडेल, शंकर पाेखरेल, मणिचन्द्र थापा र गाेमा देवकाेटा ।

४. गण्डकी प्रदेश- टाेपबहादुर रायमाझी, पृथ्वी सुब्बा गुरूङ, किरण गुरूङ र सीता पाैडेल ।

५. वागमती प्रदेश- ईश्वर पाेखरेल, टाेपबहादुर रायमाझी र पद्मा अर्याल ।

६. प्रदेश नं २. – ईश्वर पाेखरेल, रघुवीर महासेठ, सत्यनारायण मण्डल र जुलीकुमारी महताे ।

७. प्रदेश नं. १.- सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, मणिचन्द्र थापा र डा. शिवमाया तुम्वाहाम्फे ।



प्रतिक्रिया दिनुहोस !