२० बैशाख २०८१, बिहिबार

ओली पक्ष विरुद्ध प्रदेशमा जाइलाग्दै माधव–ओलीको पक्ष्, बागमतीका मुख्य मन्त्री विरुद्ध अविस्वासको प्रस्ताव

प्रकाशित मिति :  25 December, 2020 1:38 pm


काठमाडौं, १० पुस ।

सरकारको संसद विघटको विरुद्धमा सडकमा समेत आएर आन्दोलन गरिरहेका नेकपाका माधव नेपाल र प्रचण्ड पक्षले प्रदेश सभामा ओली पक्ष विरुद्ध जाइलाग्ने योजना अगाडि सारेका छन् ।

जसअनुसार सुक्रबार बागमती प्रदेशमा मुख्य मन्त्री डोरमणी पौडेल विरुद्ध अविस्वासको प्रस्ताव दर्ता गराएका छन् । नेकपा प्रचण्ड–माधव समूहका ४५ सांसदले प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।

शालिकराम जम्मरकट्टेल प्रस्तावक र अरुण नेपाल समर्थक रहेको अविश्वासको प्रस्तावमा पौडेललाई पदमुक्त गरेर अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !