१७ बैशाख २०८१, सोमबार

प्रदेश-संघीय कृषि मन्त्री वैठक, बलियाे समन्वयकारी निकाय बन्ने

प्रकाशित मिति :  8 December, 2019 10:18 pm


काठमाडाैं, २२ मंसिर

प्रदेश कृषि मन्त्रालयका मन्त्रीहरूसँग संघीय कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालसमेतकाे वैठक सम्पन्न भएकाे छ । अाइतबार सिंहदरबारमा बसेकाे वैठकले तीन तहका सरकारका निकायहरूबीच कृषि सम्बन्धि काम गर्ने समन्वयकारी निकाय गठन गर्ने निर्णय  भएकाे छ ।

निकायकाे क्षेत्राधिकार र काम कसरी गर्ने भन्ने विषयमा भने थप छलफल गरेर निश्कर्षमा पुगिने कृषि तथा पशुपंक्षी विकास मन्त्री भुसालले बताउनु भएकाे छ । संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा कृषि विकासले गति लिन नसकेकाे गुनासाे बढ्दै जाँदा मन्त्रीहरूले यस्ताे निर्णय गरेका हुन् ।

प्रदेश र संघीय कृषि मन्त्री वैठक। 



प्रतिक्रिया दिनुहोस !