२१ बैशाख २०८१, शुक्रबार

अनलाइनमा चढाउनुस् देवतालाइ भेटी

प्रकाशित मिति :  12 December, 2019 10:40 pm


काठमाडाैं, २६ मंसिर

अनलाइन मार्फत् भगवानलाइ भेटी चढाउन मिल्ने कामकाे थालनी भएकाे छ । अन्य सेवामा चल्तीमा रहेकाे फोन पेको क्यूआर कोडमार्फत मन्दीरमा चढाउने भेटी अनलाइनबाटै तिर्न मिल्ने सेवाकाे सुरुवात पोखराको पाण्डवेश्वरी मन्दीरबाट भएको भइ अन्य मन्दिरमा पनि विस्तार हुन थालेकाे हाे ।

मुक्तिनाथ विकास बैंकले पाण्डवेश्वरी मन्दीरलाई आफ्नो मर्चेन्ट सेवा सुरू गरेकाे हाे । पोखरामा रहेको तालबाराही मन्दीर, पोखराकै केदारेश्व मन्दीर, ललितपूरको लगनखेलस्थित बटुक भैरव मन्दीर, बाराको गढीमाइ मन्दीर, पाल्पाको शिद्धबाबा मन्दीर लगायतका स्थानमा हाल ‘स्क्यान टु पे’ सेवा सञ्चालनमा आएको छ । इसेवाले पशुपतिनाथकाे मन्दिमा पनि याे सेवा सुरू गर्न छलफल चलिरहेकाे जनाएकाे छ ।



प्रतिक्रिया दिनुहोस !