१६ चैत्र २०८०, शुक्रबार

शनिबारदेखि दुई दिने ‘पिबिएस आइटी करियर कन्क्लेभ’

प्रकाशित मिति :  5 January, 2021 7:24 pm


काठमाडौं ।

प्रेसिडेन्सीयल बिजनेस स्कुल र लिभिङ विथ आइसिटीको संयुक्त आयोजनामा आगामी शनिवार र आइतबार ‘पिबिएस आइटी करियर कन्क्लेभ’ सम्पन्न हुुने भएको छ ।

दुई दिने सम्मेलनमा २० भन्दा बढि विज्ञहरुले विविध विषयमा आफ्ना धारणा राख्नेछन् भने विभिन्न पाँच विषयमा सेसनहरु सञ्चालन हुने आयोजकले पत्रकार सम्मेलन गरि जानकारी गराएका छन् ।

कार्यक्रमको पहिलो दिन बिहान ११ बजेदेखि १२ बजेसम्म इमर्जिङ टेक्नोलोजी इन आइटी इन्डष्ट्री विषयमा पहिलो सेसन सञ्चालन हुनेछ । दिउँसो साढे १२ बजेदेखि साढे १ बजेसम्म ुइन्नोभेसन एण्ड टेक्नोलोजीकल आन्ट्रप्रेनरसीपु विषयमा दोस्रो सेसन सञ्चालन हुनेछ ।
पहिलो दिनकै दिउँसो २ बजेदेखि ३ बजेसम्म आइटीमा करियर सम्भावनाको बारेमा पनि प्रश्न उत्तर अर्थात क्युएनए सेसन सञ्चालन हुने कार्यक्रम संंयोजक तथा इन्नोभेसन ल्याब म्यानेजर पारस डोटेलले बताए ।

कार्यक्रमको दोस्रो दिन पुस २६ गते बिहान ११ बजेदेखि १२ बजेसम्म कनेक्टिङ ट्यालेन्ट्स विथ ग्लोबल अपर्चुनिटी विषयमा पहिलो सेसन सञ्चालन हुनेछ । साढे १२ बजेदेखि साढे १ बजेसम्म आइटी ग्रोथ इन नेपाल नेक्स्ट टेन इयर्सु विषयमा अन्तिम सेसन सञ्चालन हुने भएको छ ।
प्रेसिडेन्सियल विजनेश स्कुलको प्राङ्गनमा आयोजना हुने कार्यक्रम विभिन्न अनलाइन, सोसियल मिडियामा प्रत्यक्ष प्रशारण हुनेछ ।

कार्यक्रममा आमन्त्रित अतिथी र पञकारहरु प्रत्यक्ष उपस्थित हुन सक्ने व्यवस्था मिलाईएको छ भने अन्य सहभागिले जुम मार्फत सहभागी जनाउने व्यवस्था गरिएको छ ।

कार्यक्रममा सहभागिता जनाउनको लागि अनलाईन मार्पmत नाम दर्ता गर्नुपर्नेछ । सूचना प्रविधि क्षेत्रका सरोकारवाला, आइटीमा करियर बनान खोजिरहेका विद्यार्थी र शिक्षकहरुको लागि पनि यो कार्यक्रम महत्वपुर्ण हुने विजनेश स्कुलका कार्यकारी निर्देशक लक्ष्मण केसीले बतए । अन्तराष्ट्रिय स्तरमा ख्याति प्राप्त वक्ताहरु भने भर्चुअल माध्यमबाट प्यानल डिस्कसनमा सहभागि हुनेछन् ।

प्रेसिडेन्सियल विजनेशले स्कुल विगत एक दशकदेखि अमेरिकन विश्वविद्यालय सँगको पाटनरसिपमा विजनेश डिग्रीहरु बीबीए र एमबीए सञ्चालन गर्दै आइरहेको छ । कलेजलेस्कुल अफ टेक्नोलाजी अन्तरगत नेपालमा नै पहिलोपटक अमेरिकन विश्वविद्यालयकै पाटनरसिपमा यसै वर्षदेखि स्नातकमा बीएस्सी आइटी र स्नातकोत्तरमा एमएस्सी आइटी कार्यक्रमहरु संचालन गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस !