१४ बैशाख २०८१, शुक्रबार

ट्रम्पका समर्थकले गरेको तोडफोडपछि भएको हिंसामा मृतकको संख्या ४ पुग्यो,अवरुद्ध संसद सुरु

प्रकाशित मिति :  7 January, 2021 12:02 pm


काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थक संसद भवन छिरेर तोडफोड सुरु गरेपछि प्रहरीले चलाएको गोली लागेर मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

नोभेम्बर ३ मा भएको राष्ट्रपति निर्वाचनमा डेमोक्र्याटिक पार्टीका उम्मेद्वार जो बाइडेन विजयी भएको घोषणा गर्न संसद बसिरहेका बेला ट्रम्प समर्थकहरू संसद भवनभित्र छिरेर तोडफोड सुरु गरेका थिए । परिस्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो ।

प्रहरीले एक जनाको गोली लागेर मृत्यु भएको र अन्य तीन जनाको ‘मेडिकल इमरजेंसी’ का कारण मृत्यु भएको जनाएको छ । प्रहरीले अहिलेसम्म ५२ जनालाई नियन्त्रणमा लिएको छ । जसमा ४७ जना कफ्र्यु उल्लंघन गरेको आरोपमा पक्राउ परेका छन् ।

मारिने महिलाको पहिचन खुलेको छ जसको नाम एशली बैबिट रहेको र उनी सैन डिएगो की रहेको खुलेको छ । उनी एअर फोर्सकी पूर्व कर्मचारी रहेको खुलेको    छ । प्रहरीले झडपपछि ५ वटा बन्दुकपनि बरामद गरेको थियो ।

अमेरिकाको राजधानी वासिंटन डीसीमा १५ दिनका लागि आपतकाल घोषणा गरिएको छ । राष्ट्रपति ट्रम्पका समर्थकले अवरोध गरेपछि रोकिएको संसद फेरि सुरु भएको छ र सांसद हरु संसद भवनमा छिरेका भ्वाईस अफ अमेरिकाले आफ्नो समाचारमा उल्लेख गरेको छ । संसद भवनमा जो बाइडन राष्ट्रपति बनेको प्रमाणिकरण गरिदैछ ।



प्रतिक्रिया दिनुहोस !