१४ बैशाख २०८१, शुक्रबार

जापानमा कोरोना विरूद्धकाे खोप ओलम्पिकसम्म उपलब्ध हुनेमा आंशका

प्रकाशित मिति :  7 January, 2021 6:13 pm


काठमाडौ ।

मोडर्ना इंकको कोभिड–१९ खोपको प्रमाणीकरण जापानमा मे अघि हुनेमा आंशका उत्पन्न भएको छ ।

स्थानीय रूपमा यो खोपको क्लिनिकल ट्रायलका लागि आवश्यक प्रवन्ध नमिलेको खाेपकाे डिस्ट्रब्युटरले जनाएपछि  टोकियोमा आयोजना हुने ओलम्पिक अघि खोप कार्यक्रम देशव्यापी हुनेमा शंका उत्पन्न भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

जापानको राजधानी टोकियोमा जुलाईको अन्त्यतिर ओलम्पिकको आयोजना हुने भएको छ । कोरोनाभाइरसले हुन नसकेको ओलम्पिक टवेन्टी टवेन्टी यो वर्ष हुन लागेको छ ।

५४ करोड कोभिड–१९का खोप पश्चिमा खोप विकासकर्ताहरूबाट जापानले सुरक्षित गरेको छ । एसियाली देशहरूमा सबै भन्दा बढी जापानमा बढी खोप सुरक्षित गरिएको छ ।

कोरोनाभाइरस खोपका लागि केही देशहरूले खोपका लागि द्रुतगतिमा  प्रक्रिया पूरा गरेका छन ।

जापानमा मोडर्ना भ्याक्सिन अनुमति पाएको बाँकी रहेको छ । तर अमेरिका, युरोप, क्यानाडा र इजरायलमा मोडर्ना भ्याक्सिन प्रयोगका लागि अनुमति प्राप्त गरिसकेको छ ।

जापानमा खोप व्यवसाय कम्पनी  ताकेदा फर्मास्युटिकल कम्पनीका प्रमुख मासायुकी इमागावाले यो खोपको प्रक्रिया पूरा हुन अझ महिनौ लाग्ने देखिएको बताएका छन ।

उनका अनुसार कम्तीमा मे सम्म सकिए पनि राम्रो हुनेछ । जापानमा सबैभन्दा बढी खोप बनाउने कम्पनी ताकेदा चिनिएको छ । जापानका प्रधानमन्त्री योशिहिदे सुगाले जनतालाई जुन अघि खोप पुर्याउने उद्देश्य लिएका छन् ।

जापानमा जुलाई २३ देखि ओलम्पिक शुरू हुने भएको छ ।



प्रतिक्रिया दिनुहोस !