२० बैशाख २०८१, बिहिबार

सोमबार नेप्सेमा सामान्य वृद्धि

प्रकाशित मिति :  11 January, 2021 4:23 pm


काठमाडौं ।  नेपाल स्टक एक्सचेन्ज नेप्से सामान्य अंकले वृद्धि भएको छ । सोमबार नेप्से परिसूचक ३.७० अंकले बढेर २२३९.७२ अंकमा पुगेर नयाँ रेकर्ड राखेको हो ।
यस्तै सेन्सेटिभ परिसूचक पनि ०.९६ अंकले बढेर ४२९.३९ अंकमा पुगेर रोकिएको छ । नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये ७ वटा उपसमुह बढेका छन् भने बाँकी ५ वटा उपसमुह घटेका छन ।

आज नेप्सेमा निर्जीवन बीमा समूह सबैभन्दा बढी १७६.९३ अंकले उकालो लागेको छ । बीमा समूह १६१.२९ अंकले बढेको आज बैंकिङ समूहमा २.८७ अंक, विकास बैंक समूहमा २८.५९ अंक, जलविद्युत् समूहमा ३.३८ अंक, वित्त समूहमा ११.५३ अंक र म्युचुअल फन्ड समूहमा ०.०५ अंकले वृद्धि भएको छ ।

आज उत्पादन तथा प्रशोधन समूहमा सबैभन्दा बढी ४१.३२ अंकको गिरावट आएको छ। अन्य समूह १४.६९ अंकले घटेको यो दिन व्यापार समूह १३.३ अंक, होटेल्स् समूह ४.५६ अंक र लघुवित्त समूहमा ९.२३ अंकको गिरावट आएको छ ।

त्यसैगरी, आज कारोबार रकमको आधारमा सिद्धार्थ बैंक लिमिटेडले सर्वाधिक कारोबार गर्न सफल भएको छ । कम्पनीले ४२ करोड ६२ लाख १२ हजार रुपैयाँ बराबरको कारोबार गर्न सफल भएको छ ।

कुल २ सय ८ वटा कम्पनीको १ करोड ३५ लाख ६० हजार ७ सय ६३ कित्ता सेयर किनबेच हुँदा ५अर्ब ५२ करोड ४८ लाख ३२ हजार ९ सय ९३ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !