१६ चैत्र २०८०, शुक्रबार

चीनले ५ दिनमा आइसोलेसन सेन्टरको लागि १५ कोठा निर्माण गर्यो

प्रकाशित मिति :  17 January, 2021 2:25 pm


A

सिजियाङ । चीनमा फेरी कोरोना भाइरसको संक्रमण देखिन थालेपछि चीनको उत्तरी सहर हेबेइको एक सहरमा पाँच दिनमा १ हजार ५ सय आइसोलेसन सेन्टरका कोठाहरु निर्माण गरिएको समाचारमा जनाइएको छ । एउटा नयाँ बन्न लागेको कारखानाको जमिन प्रयोग गरेर सोही जमिनमा ती आइसोलेसन सेन्टरहरु निर्माण गरिएका हेबई प्रान्तका स्थानीय अधिकारीहरुले जनाकारी दिएका छन् ।

समाचारमा जनाइएअनुसार चीनमा पछिल्लो समयमा कोरोना भाइरसका संक्रमितहरु देखिन थालेकोले यसका लागि ती स्थानहरुमा आइसोलेसन सेन्टर बनाउने काम थालिएको हो ।चीनको नाङगोङ सहरमा यो सेन्टर बनाउन थालिएको छ । उक्त प्रान्तका अधिकारीहरुले छ हजार ५०० वटा कोठा बनाउने योजना रहेको बताएका छन् ।

ती मध्येका १ हजार ५०० वटा कोठा गएको पाँच दिनमा नै निर्माण गरि सकिएको यहाँका स्थानीय अधिकारीहरुले जानकारी गराएका छन् ।आइसोलेसेन सेन्टरका रुपमा प्रयोग गर्ने भनिएका ती कोठाहरु प्रत्येकको क्षेत्र १८ स्क्वायर मिटर रहेको बताइएको छ । ती सबै कोठाहरुमा सौचालय र बाथरुम, हिटर, बेड तथा टप बाथ समेत रहेका ती अधिकारीले जानकारी गराए । उनका अनुसार सो क्षेत्रमा नै वाइफाइको पनि व्यवस्था गरिएको छ ।

हेबेइ प्रान्तको सिनजियाङभन्दा केही पर रहेको नाङगोङ सहरमा पछिल्ला केही दिनयता कोरोना भाइरसका सङ्क्रमितहरु भेटिएकोले उनीहरुको व्यवस्थापनका लागि यी आइसोलेसन सेन्टरहरु निर्माण गरिएका बताइएको छ । केही दिनयतादेखि चीनका कतिपय सहरहरुमा कोरोना भाइरसका सङ्क्रमितहरु भेटिएका समाचारहरु आइरहेका बताइएको छ ।

सोही कारणले ती सहरका विभिन्न स्थानमा चीनका स्थानीय अधिकारीहरुले यस्ता आइसोलेसन सेन्टरहरु बनाउन थालेका पनि समाचारमा जनाइएको छ । चीनको नाङगोङ सहरमा ती आइसोलेसन सेन्टर निर्माणका लागि यहाँका स्थानीय एक आयोजनाका इन्जिनियर छु पेचिङले नेतृत्व गरेका छन् ।

उनले आफूले दुई सिफ्टमा गरी ३०० जना कामदारलाई लगाएर पााच दिनको बीचमा १ हजार ५०० वटा आइसोलेसन कोठाहरु निर्माण गरेको जानकारी गराए । उनले सो क्षेत्रमा मात्र ६ हजार ५०० वटा यस्तै कोठा बनाइने योजना रहेकोले अहिलेकै गतिमा सो कार्य पनि सकिने बताए ।



प्रतिक्रिया दिनुहोस !