६ बैशाख २०८१, बिहिबार

पोखरामा कोरोना संक्रमित एक पुरुषको मृत्यु

प्रकाशित मिति :  18 January, 2021 3:23 pm


काठमाडौं । कोरोना भाइरस कोभिड १९को संक्रमणबाट पोखरामा थप एक पुरुषको मृत्यु भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्र्तरगत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराको कोभिड( १९ उपचार केन्द्रमा उपचारत पोखरा–८ का ७३ वर्षीय संक्रमित पुरुषको आइतबार दिउँसो मृत्यु भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

गत पुस २१ गते कोरोना संक्रमण पुष्टि भई उपचार गराइरहेका उनको आज पौने २ बजे मृत्यु भएको भएको निर्देशनालयले जनाएको छ ।

उनलाई कोरोना संक्रमणसँगै निमोनिया समेत रहेको बताइएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ९८ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !