१२ बैशाख २०८१, बुधबार

पशुपन्छी तथा माछामा लाग्ने रोगको अध्ययन तथा अनुसन्धान गर्न आधुनिक प्रयोगशाला निर्माण हुने

प्रकाशित मिति :  18 January, 2021 5:41 pm


काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनमा पशुपन्छी तथा माछामा लाग्ने रोगको अध्ययन तथा अनुसन्धान गर्न आधुनिक प्रयोगशाला निर्माण हुने भएको छ ।

बागमती प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र विश्वविद्यालयको सहकार्यमा उक्त प्रयोगशाला निर्माण हुन लागेको हो । प्रयोगशाला निर्माण गरेर हस्तान्तरणका लागि आज कृषि मन्त्रालयको तर्फबाट सचिव डा.मतिना जोशी बैद्य र कृषि तथा वन विज्ञान विश्वविद्यालयका तर्फबाट राजिष्टार डा. शारदा थपलियाले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

कृषि मन्त्री दावा दोर्जे लामा र विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. पुण्य प्रसाद रेग्मीको उपस्थितिमा कृषि मन्त्रालयमा भएको कार्यक्रमबीच उक्त हस्ताक्षर भएको हो ।

प्रयोगशाला स्थापनाले बागमती प्रदेशमा पशुपन्छी तथा मत्स्यमा लाग्ने रोगहरुको अध्ययन, अनुसन्धान तथा छिटो छरितो रोग अन्वेषण गर्न सहयोग पुग्ने मन्त्रालयको विश्वास छ ।



प्रतिक्रिया दिनुहोस !