२० बैशाख २०८१, बिहिबार

लगातार नयाँ रेकर्ड राखेको नेप्से आज झिनो अंकले घट्यो

प्रकाशित मिति :  19 January, 2021 4:01 pm


काठमाडौं ।  लगातार नयाँ रेकर्ड राखेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज भने झिनो अंकले घटेको छ । मंगलबार कारोबार सुरु भएदेखि नै घट्ने बढ्ने भएको बजार कारोबार बन्द हुने बेलामा भने ५.५७ अंकले घटेर २३२६.०९ अंकमा झरेर रोकिएको हो ।यस्तै सेन्सेटिभ परिसूचक पनि २.८५ अंकले घटेर ४४२.८२ अंकमा पुगेको छ ।

यो दिन जीवन बीमा समूह सर्वाधिक ५३५.६७ अंकले उकालो लागेको छ। व्यापार समूह ३९.६२ अंकले बढेको आज वित्त समूहमा ३७.२२ अंकको बढोत्तरी आएको छ।

आज निर्जीवन बीमा समूह सबैभन्दा बढी १२४.८९ अंकले ओरालो लागेको छ। उत्पादन तथा प्रशोधन समूह ३९.१४ अंकले घटेको यो दिन बैंकिङ समूहमा ८.०६ अंक, होटेल्स समूहमा २६.३८ अंक, विकास बैंक समूहमा २४.९४ अंक, जलविद्युत् समूहमा ८.१४ अंक, अन्य समूहमा २८.१३ अंक र म्युचुअल फन्ड समूहमा ०.०३ अंकको गिरावट आएको छ।

आज कारोबार भएका कूल १२ उपसमूहमध्ये ११ वटा उपसमूहहरुको सेयर बढेको छ, भने एउटा उपसमुहको मात्र सेयर घटेको छ । त्यसैगरी, आज कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सर्वाधिक कारोबार गर्न सफल भएको छ । कम्पनीले ९१ करोड ९७ लाख रुपैयाँ बराबरको कारोबार गर्न सफल भएको छ ।

कुल २ सय ६ वटा कम्पनीको १ करोड ६३ लाख ५ हजार १ सय ४१ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ४६ करोड ७४ लाख ३९ हजार ८ सय ४८ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !