१३ बैशाख २०८१, बिहिबार

भारतले नेपालसहितका छिमेकी मुलकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने

प्रकाशित मिति :  20 January, 2021 1:04 pm


काठमाडौं ।  भारतले नेपाल सहितका देशलाई आजदेखि कोरोना भाइरस विरुद्धको खोप उपलब्ध गराउने भएको छ । भारतीय विदेशमन्त्रीले विज्ञप्ती जारी गर्दै नेपालसहित छिमेकी देशहरुलाई अनुदानमा खोप उपलब्ध गराउने जानकारी दिएका थिए ।

कोरोना माहामारीसँग जुझ्न भुटान, माल्दिभ्स, बाङ्ग्लादेश, नेपाल, म्यानमार र सेसल्सलाई बुधवार बाट खोप अनुदानमा वितरण गरिने विज्ञप्तीमा उल्लेख छ ।

अघिल्लो साता नेपालको औषधि व्यवस्था विभागले भारतको सिरम इन्स्टिच्युटमा उत्पादन भइरहेको अक्सफर्ड एस्ट्राजेनेकाको कोभिशिल्ड खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको थियो ।

भारतले चरणबद्ध रूपमा अति अग्रमोर्चामा खटिने कामदार र जोखिममा रहेका जनसंख्यालाई खोप उपलब्ध गराउँदै आइएको भन्दै अरू साझेदार देशहरूलाई पनि चरणबद्ध रूपमा आगामी हप्ता र महिनामा खोप उपलब्ध गराउने उल्लेख गरेको छ।

यसअघि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले १–३ माघसम्म भारत भ्रमणका क्रममा नेपालका तीन प्रतिशत जनतालाई पुग्ने खोप उपलब्ध गराउन अनुरोध गरेका थिए । नेपालले पहिलो चरणमा ४७ लाख डोज उपलब्ध गराउन भारत सरकारलाई अनुरोध गरेको छ ।

छिमेकी भारतले ३ प्रतिशत नेपालीलाई खोप अनुदानमा उपलब्ध गराउने वचन दिदैं समझदारीपत्रको मस्यौदा पनि आदान–प्रदान भइसकेको छ । भारतले कति खोप दिने भन्ने बारेमा भने आज मात्र घोषणा हुने भएको छ ।



प्रतिक्रिया दिनुहोस !