१३ बैशाख २०८१, बिहिबार

चन्द्रागिरिको आईपीओ बाँडफाँट

प्रकाशित मिति :  22 January, 2021 12:06 pm


काठमाडौं ।

चन्द्रागिरि हिल्सले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँट भएको छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा शुक्रबार बिहान आईपीओ बाँडफाँट भएको हो।

क्यापिटलका अनुसार आवेदन दिएका मध्ये १ लाख ३९ हजार ६०२ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । त्यसमा पनि भाग्यमानी २ जनाले भने ११/११ कित्ता सेयर हात पारेको क्यापिटलले जनाएको छ । १० कित्ताका दरले बाँडफाँट गरेपछि २ कित्ता गोलाप्रथाबाट २ जनालाई दिइएको हो ।

कम्पनीले पुस २४ गतेदेखि सर्वसाधारणको आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले १ सय रुपैयाँका दरले १५ करोड ३४ लाख ९१ हजार रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता आईपीओ निष्काशन गरेको थियो ।

कम्पनीको आईपीओमा १२ लाख ५१ हजार १० जना आवेदकबाट २ करोड ४४ लाख ७४ हजार ५ सय ३० कित्ताको लागि आवेदन परेको थियो । यो संख्या माग भन्दा १७.५३ गुणा बढी हो ।

आईपीओमा आवेदन दिएका मध्ये १२ लाख ११ हजार ११५ जनाकोमात्रै आवेदन स्वीकृत भएको थियो भने ४० हजार भन्दा धेरै आवेदकको आवेदन रद्द भएको थियो । जसमध्ये १० लाख ७१ हजार ५ सय १३ जना खाली हात परेका छन् ।



प्रतिक्रिया दिनुहोस !