१० फाल्गुन २०७७, सोमबार

विश्व वित्तीय सन्तुलन गर्न अमेरिका–चीन साझा अर्थव्यवस्था विकास जरूरी छ : रेन झेंगफेई [अन्तरवार्ता]

प्रकाशित मिति :  ३० माघ २०७७, शुक्रबार १२:३७


अमेरिकी राष्ट्रपति डोल्ड ट्रम्पको कार्यकाल अमेरिका–चीन व्यापार युद्धमै वित्यो । एक अर्काको मुलुकबाट आयात निर्यात गरिने वस्तुमा पालै पालो दुबै देशले करमा तलमाथि गरिरँदा विकास भएको व्यापार शीतयुद्ध त्यतिबेला सतहमा आयो जब चीनको बहुराष्ट्रिय प्रविधि कम्पनी ह्वावेमाथि ट्रम्प प्रशासनले प्रतिवन्ध लगायो । ह्वावे र चीनसँगको दोहोरो व्यापारबाट लाभ लिइरेका अमेरिकन व्यवसायी तथा उपभोक्तासमेत यो निर्यणबाट खुशी भने थिएनन् । तर विस्तारै अमेरिकाले एक एक गरेर चिनियाँ कम्पनीहरुमाथि प्रतिबन्ध लगाउँदै गर्दा यसको चर्चा र प्रभाव विश्वभरी नै रह्यो । चीनसँग नकारात्मक व्यवहार राखेर कार्यकाल सकिएका ट्रम्पपछि अमेरिकामा जो वाइडेल राष्ट्रपति भएका छन् । वाइडेनले सत्ता सम्हालेसँगै अमेरिकाले चीनलाई हेर्ने दृष्टिकोण र चीनले अमेरिकालाई हेर्ने दृष्टिकोण कस्तो हुन्छ भनेर चासो दिन थालिएको छ । चर्चा बढ्न थालिएको छ । दुई देशबीचको सम्बन्धको मियोका रुपमा चर्चित रेहेको ह्वावेको धारणा विकसित परिस्थितिमा के हुन सक्ला त? विश्वभरका संचारमाध्यमका लागि पनि मूल प्रश्न हो यो । फेब्रअरी ९ मा ताइयुआनमा इन्टेलिजेन्ट माइनिङ इनोभेसन प्रयोगशालाको उद्घाटन समारोह पछि रेन झेंगफेईसँग अन्तराष्ट्रिय मिडियाले अन्तरवार्ता लिएका छन् ।

ताइयुआन, शांसीमा रहेको इन्टेलिजेन्ट माइनिङ इनोभेसन प्रयोगशाला एयरपोर्ट, पोर्ट, कोइला खानी, फलाम र स्टील उत्पादन, अटोमोटिभ निर्माण र विमान निर्माण जस्ता धेरै उद्योगहरूको आवश्यकताहरू पहिचान गर्न बनाइएको संयुक्त प्रयोगशाला हो । फाइभजी प्रविधिको प्रयोग गरेर खानीका लागि प्रभावकारी सेवा दिने उद्देश्यले खोलिएको प्रयोगशालामा २२० विज्ञहरु कार्यरत छन्, जसमध्ये ५३ ह्वावेबाट आएका हुन् । ह्वावेका यी विज्ञहरु मध्ये धेरै इलेक्ट्रोनिक्स टेक्नोलोजीमा विशेषज्ञ छन् । शांसी का १५० भन्दा बढी कोल माइनिङ विज्ञहरू छन् । अन्तरवार्ता अघि रेनले संयुक्त प्रयोगशाला स्थापना गरेका छौं र एक सह–नेतृत्व संयन्त्र अपनाएको लगायतका विषयमा चर्चा गरेका छन् । विश्वभर चासोको विषय रहेको अमेरिका चीन सम्बन्ध र ह्वावेको दृष्टिकोण समेटिएको मिडियाकर्मीले ह्वावेका संस्थापक रेनसँग गरेको अन्तरवार्ताको सारः

झाओ डोङ्गहुइ, सिन्हुआ समाचार एजेन्सीः तपाईं आज बिहान प्रयोगशालाको उद्घाटन समारोहमा हुनुहुन्थ्यो । के ह्वावेले विविधीकरण प्राप्त गर्न यसको मुख्य व्यवसाय विस्तार गर्ने कोशिस गरिरहेको छ र के यसले संचालन गर्ने प्रत्येक उद्योगमा अद्वितीय फाइदाहरू सिर्जना गर्न सक्दछ ? तपाईलाई के लाग्छ, भविष्यमा कोइला खानीमा कामदारहरूका लागि आदर्श काम गर्ने वातावरण हुनेछ ?

रेनः सबैभन्दा पहिले, हामी हाम्रो मुख्य व्यापार विस्तार गर्दैनौं । कोल माइनिङका लागि हामीले प्रदान गर्ने आधारभूत प्लेटफर्म भनेको हामीले फलाम र स्टिल कारखाना, पोर्ट र एयरपोर्टहरूको लागि प्रदान गर्ने उस्तै हो । बिभिन्न उद्योगहरूको लागि फाइभजी अनुप्रयोगहरू फरक फरक हुन्छन् तर प्राय जसो टेक्नोलोजी उस्तै हुन्छन् ।

त्यसैले, हाम्रो मुख्य लक्ष्य भनेको विभिन्न उद्योगहरूमा इलेक्ट्रोनिक, सफ्टवेयर र कम्प्युटिङ प्रणालीको अवलम्बन बढाउनु हो । कोइला खानीहरू कसरी काम गर्दछन् भन्ने अन्तर्दृष्टि द्वारा संचालित हाम्रो इलेक्ट्रोनिक र सफ्टवेयर प्रणालीहरूले खानीहरूका लागि उत्कृष्ट अनुप्रयोगहरू र सेवाहरू प्रदान गर्न सक्षम हुनेछ । र, यदि हामी कोइला खानीहरूको लागि उत्कृष्ट सेवाहरू प्रदान गर्न सक्दछौं भने, जसरी माइक्रोसफ्टले विमान इञ्जिनहरूलाई सहयोग पु¥याउन सूचना सेवाहरू प्रदान गरिरहेको छ, हामीले पनि एउटा उत्कृष्ट सेवा मोड्युल सिर्जना गरिसकेका हुन्थ्यौं । माइक्रोसफ्टले विमान इञ्जिनहरू बनाउन सुरु गर्ने छैन र हामी माइनिङ सुरू गर्न जाँदैनौं ।

हाम्रो भूमिका भनेको कोइला उद्योगमा स्टाफ कम गर्ने र मानव रहित सञ्चालनहरू बढाउने हो ताकि उनीहरूको कामलाई सुरक्षित र अधिक सक्षम बनाउन मद्दत पुगोस् ।

हामी यो कार्य पूर्ण रूपमा मेकनाइज्ड र इन्टेलिजेन्ट माइनिङ परिदृश्यमा कर्मचारीलाई ६० प्रतिशतले घटाएर र माइनिङमा जाने श्रमिकहरूको संख्या प्रत्येक पालीलाई १० प्रतिशत बाट २० प्रतिशतसम्म कम गर्न सहयोग गर्नेछौं । कोइला उद्योगले हाम्रो इलेक्ट्रोनिक प्रणालीलाई स्वागत गर्दछ ।

यस उद्योगलाई समर्थन गरेर हामी हाम्रो व्यवसाय बढाउन सक्दछौं र खानीहरूमा अझ बढी कुशल र सुरक्षित उत्पादनलाई समर्थन गर्न सक्दछौं । हामी कोइला खानीका कामदारहरूलाई काममा सूट र टाई लगाउन पनि सक्षम गर्न सक्छौं र शांसीमा खानीको मेशिनरी उद्योगलाई अगाडि बढाउन सक्छौं ।

डान मार्टिन, एएफपीः रेन ज्यू, हामीसँग भेटघाट गर्नु भएकोमा तपाईंलाई धन्यवाद । खानी उद्योग बारे सुन्दा रोचक लाग्दैछ र हामी यसका बारे थप सुन्न तत्पर छौं । तर म अलि पछाडी जान चाहन्छु । मलाई थाहा भए अनुसार तपाईले विदेशी मिडियालाई भेट्नु भएको एक वर्ष भइसकेको छ । धेरै कुरा भइसकेको छ । हालसालै ह्वावेको फोन सीपमेन्टको बारेमा खबर आएको छ र तपाईको छन् विस्तार को मामला यूरोप बाहिर तेती ठूलो नहुन सक्छ । म सोचिरहेको थिएँ यदि तपाई हामीलाई यो बताउन सक्नुहुन्छ कि तपाई एक बर्ष पहिले यी चुनौतीहरूको सामना गर्न सक्छु भनेर एकदम विश्वस्त हुनुहुन्थ्यो । के तपाईं अझै त्यतिनै विश्वस्त हुनुहुन्छ ? कि अलि कम हुनुहुन्छ ? र किन पनि बताइदिनु हुन्छ ?

रेनः म ह्वावेको अस्तित्वलाई लिएर पहिले भन्दा अधिक विश्वस्त छु किनभने हामीसंग ती चुनौतिहरु पार गर्नको लागी धेरै तरिकाहरू छन् । हाम्रो बिक्री राजस्व र नाफा गत बर्ष भन्दा २०२० मा बढी थियो । यदि तपाईंसँग समय छ भने तपाईंले पोर्ट अफ निङ्बो, शेन्जेन एयरपोर्ट, दुबई अन्तर्राष्ट्रिय एयरपोर्ट र जर्मनीका अटोमोबाइल कारखानाहरूको भ्रमण गर्नुहोस् ताकि तपाईले देख्न सक्नुहोस् हामीले कसरी छन् सेवाको प्रयोगले उनीहरुलाई बिकास गर्न मद्दत पुर्याइरहेका छौं ।

हामी अझै ठूलो संख्याको ग्राहकहरूको विश्वास जितिरहेका छौं ।

हामीले नन्नीवान भन्ने कार्यक्रम पनि शुरु गरेका छौं । चीन बाहिरका मानिसहरूले सन्दर्भलाई बुझ्न नसक्लान् तर यो मूल रूपमा उत्पादनमा आत्मनिर्भरताको अवधारणासँग सम्बन्धित छ । यो कार्यक्रमको उद्देश्य कोल माइनिङ, फलाम र स्टिल र संगीत, साथै टिभी, कम्प्युटर र ट्याब्लेट जस्ता उत्पादन कोटिमा सफलता प्रदान गर्न मद्दतको गर्नु हो ।

चिप आपूर्तिको अभावका कारण हाई–एन्ड फोनको हाम्रो ढुवानी घटेको छ । तर हामी एप्पलको आईफोन १२ द्वारा गरिएको प्रगतिलाई समर्थन गर्दछौं । आईफोन १२ ले १.८२ जीबीपीएसको डाउनलोड गति प्राप्त गर्न सक्षम भएको छ जसले गर्दा यो विश्वकै सर्वश्रेष्ठ बन्न पुगेको छ । युरोपका धेरै हाई–एन्ड उपकरणहरूले आईफोन प्रयोग गर्दछन् र युरोपमा हाम्रो नेटर्वोकमा ती फोनहरू सञ्चालन हुनु वास्तवमा हामीले राम्रो गरिरहेको संकेत हो ।

हामीले विश्वका धेरै शहरहरूमा सब भन्दा राम्रो फाइभजी नेटवर्कहरू निर्माण गर्न मद्दत गरेका छौं; बर्लिन, म्युनिक, म्याड्रिड, ज्यूरिख, जिनेभा, एम्स्टर्डाम, भियना, बार्सिलोना, सियोल, बैंकक, हङ कङ, रियाध.. यूरोपमा हाम्रो नेटवर्क ग्लोबल नेटवर्क प्रदर्शन परिक्षणमा शीर्ष छ । हाई–एन्डका प्रयोगकर्ताहरूले आईफोन १२ लाई हाम्रो नेटवर्कमा मज्जाले प्रयोग गर्न सक्नु तथ्य हाम्रो नेटवर्कको गुणस्तरको प्रमाण हो । यसले युरोपमा ह्वावे प्रतिको विचार सन्तुलनमा राख्न मद्दत पुर्याइरहेकाे छ ।

फाइभजी अनुप्रयोगको कुरा गर्न पर्दा प्रायः आईसीटी कम्पनीहरूले माइनिङ क्षेत्रलाई बजारमा सफलता प्राप्त गर्न सक्ने रुपमा सोच्दैनन् तर हामीले गर्याैं । चीनमा यस्तै पाँच हजार तीन सय कोइलाको खानी र दुई हजार सात सय अयस्क खानी छन् । यदि हामी यी ८ हजार भन्दा बढी खानीहरूलाई राम्रोसँग सेवा गर्न सक्यौं भने हामी हाम्रा सेवाहरू चीन बाहिरका खानीहरूमा विस्तार गर्न सक्छौं ।

फेरि पनि म तपाईंहरुलाई टियांजिन पोर्ट भ्रमण गर्न आमन्त्रित गर्दछु जहाँ हामीले लगभग मानव रहित लाडिंग र यातायात शुरु गर्न सहयोग गरेका छौं । मलाई आशा छ कि हामी खानी उद्योगमा उस्तै सफलता हासिल गर्न सक्षम हुनेछौं ।

मानव रहित माइनिङ क्यानाडा र रसियाका आर्कटिक क्षेत्रमा खानीहरूको लागि ठूलो महत्वको हुन सक्दछ । कडा परिवेशका कारण धेरै कम व्यक्तिहरू ती टुन्ड्रामा बस्न इच्छुक छन् । यसले त्यहाँका स्रोतको उपयोग सारै असक्षम बनाउँदछ । यदि हामीले मानव रहित माइनिङ मार्फत ती स्रोतहरूको उपयोग गर्न सक्यौं भने सम्पूर्ण विश्वलाई फाइदा हुनेछ । हामीले शांसीमा किन सुरू गर्ने छनौट ग¥यौं ? किनभने यस सम्बन्धमा शांसी सरकार निकै सक्रिय भएको थियो । यदि हामी शांसीमा सफल भयौं भने हाम्रो अनुभव विश्वव्यापी रूपमा दोहोरिन सकिन्छ ।
त्यसैले, हो । हामी अझै पनि फोन बिक्रीमा निर्भर नभई पनि बाँच्न सक्छौं ।

अर्जुन खरपाल, सीएनबीसीः रेन ज्यू, आज हामीसँग सामेल हुनु भएकोमा धेरै धेरै धन्यवाद । तपाईलाई फेरि भेटेर खुसी लागेको    छ । मैले सोध्न चाहेको के हो भने, जब तपाईले हामीसँग पछिल्लो पटक कुरा गर्नुभयोे, हामीले अमेरिकामा राष्ट्रपति पदको परिवर्तन देख्यौं र राष्ट्रपति बाइडेनले भनेका थिए कि उनले चीनमा कडा अडान लिई रहने छन् तर अलि बढी सहकारी पूर्ण हुनेछ । तपाई बाइडेन प्रशासनको लागि कसरी आन्तरिक रुपमा योजना बनाउँदै हुनुहुन्छ ? के तपाईं ह्वावेको दृष्टिकोणमा कुनै परिवर्तन ल्याउने सोचमा हुनुहुन्छ ? र तपाईलाई के लाग्छ उँहाले अघिल्लो प्रशासनले ह्वावेमा लगाएको प्रतिबन्ध फिर्ता लिनु हुन्छ कि हुन्न ?

रेनः पहिलो कुरा, व्यापारले दुबै पक्षलाई फाइदा पुर्याँउछ । अमेरिकी कम्पनीहरूलाई चिनियाँ ग्राहकहरुसम्म सामान आपूर्ति गर्न अनुमति दिइनु आफ्नै वित्तीय प्रदर्शनका लागि अनुकूल छ । यदि ह्वावेको उत्पादन क्षमताको विस्तार भयो भने यसको मतलब अमेरिकी कम्पनीहरूले पनि अधिक बेच्न सक्दछ । यो दुई तर्फी जीतको स्थिति हो । मलाई विश्वास छ कि नयाँ प्रशासनले यी नीतिहरूलाई विचार गर्ने क्रममा यी चासोका विषयहरूलाई जोख्ने छ र सन्तुलन राख्नेछ ।

हामी अझै धेरै अमेरिकी कम्पोनेन्ट्स, पार्ट्स र मेसिनरी खरीद गर्ने आशमा छौं ताकि अमेरिकी कम्पनीहरूले पनि चिनियाँ अर्थव्यवस्थाको विकास गर्न सकोस् ।

१८ औं शताब्दीको मध्यतिर बेलायतले अमेरिकातर्फको क्लोज्ड–अफ नीति अपनायो जसले अमेरिकालाई विश्वकै सबैभन्दा शक्तिशाली देशको रूपमा उकास्न जोर दियो । आज अमेरिकाले हामीलाई रोक्दै छ । के यसले एक अप्रत्याशित परिणाम निम्त्याउँनेछ ? एक व्यवसायको रूपमा हामीसँग एक राजनीतिक भुमरीमा संलग्न हुने ऊर्जा छैन ।

हाम्रो टाउको आफ्नै उत्पादनहरुमा गडिएको छ किनभने हाम्रा उत्पादनहरू उच्च गुणस्तरका छन्, विश्वभरका केही ग्राहकहरू अझै हामीसँगै छन् र हामी यो कठिन २०२० मा बाँच्न पनि सफल भएका छौं । हामी यी ग्राहकहरूको सेवामा अझै धेरै मूल्य सिर्जना गरिरहने छौं । हामी उनीहरूले हामीमाथि स्थायी विश्वास राखि राखोस् भन्ने चाहन्छौं र हामी आशा गर्छौं कि उनीहरू राजनीतिक दबावबाट डगमगाउँदैनन् । मलाई आशा छ कि नयाँ अमेरिकी प्रशासनले अधिक खुला नीतिहरू ल्याउनेछ जुन अमेरिकी कम्पनीहरू र समग्र अमेरिकी अर्थतन्त्रको हितमा हुनेछ ।

केही अमेरिकी राजनीतिज्ञहरूलाई फाइभजीको सम्भावित प्रभावले विश्वव्यापी रूप लिन सक्ने भन्ने कुरामा चासो छ । मैले एकचोटि वचन दिए अनुसार हामी उत्पादनलाई लाइसेन्स मात्र नदिई हाम्रा सबै फाइभजी टेक्नोलोजीहरू पनि ट्रान्सफर गर्नेछौं । जबसम्म अमेरिकाले यसका लागि अनुरोध गर्दछ हामी सोर्स प्रोग्रामहरू र सोर्स कोड देखि सबै हार्डवेयर डिजाइन रहस्यहरू र नो–हाउ र चिप डिजाइन पनि ट्रान्सफर गर्नेछौं । मलाई जे लाग्छ त्यही भनेको हो तर कुनै अमेरिकी कम्पनी अगाडि आएको छैन । मलाई आशा छ तपाईले यो सन्देश अमेरिकी कम्पनीसम्म पुर्याउन मद्दत गर्नु हुन्छ । यदि उहाँहरु कुरा गर्न चाहनु हुन्छ भने हामी कुरा गर्न खुशी हुनेछौं ।

डेभिड किभ्टन, रोयटर्र्सः हामीसँग भेट गर्नु भएकोमा धन्यबाद । स्पिन अफ पछि पनि अनरले चिप्सको पहुँच पुनः प्राप्त गर्न सफल भएको छ । के ह्वावेले आफ्ना कुनै व्यवसाय स्पिन अफ गर्ने विचार गरीरहेको छ वा गरिसकेको छ ?

रेनः अनर ब्यापारको स्पिन अफ अपस्ट्रीम आपूर्तिकर्ता र डाउनस्ट्रीम च्यानल साझेदारहरूलाई सहयोग गर्नको लागि थियो । यदि अनरले अपस्ट्रीम आपूर्तिकर्ताहरूबाट पार्ट्स र कम्पोनेन्टहरू लिन सकेन भने विश्वव्यापी आपूर्तिकर्ताहरूले कष्ट भोग्न पर्ने हुन्छ । यदि कुनै पनि उत्पादन डाउनस्ट्रीम वितरण च्यानलहरूमा आपूर्ति गर्न सकिएन भने ती च्यानलहरूमा खडेरी लाग्नेछ । त्यसले धेरै कामहरुलाई जोखिममा पार्दछ । अनरको स्पिन–अफ बाहिरी वातावरणमा आएको परिवर्तनको कारण बाध्य भएर लिइएको निर्णय थियो ।

ह्वावेले नयाँ अनरको एक हिस्साको पनि स्वामित्व राख्दैन । उनीहरूसँग जति धेरै उत्पादन क्षमता हुन्छ त्यति नै कम ठाउँ ह्वावेको स्मार्टफोन व्यवसायको लागि हुनेछ । तर हामीले हाम्रो आपूर्तिकर्ता, च्यानल साझेदार र प्रयोगकर्ताहरूको आवश्यकता बुझ्नु पर्दछ । हामीले आफ्नो हितको लागि होइन, उनीहरूको हितमा काम गर्नु पर्दछ । हामीले यसलाई आफ्नै तरिकाले गर्न पर्दछ ।

लिउ रुइकियांग, शान सी री बाओः नमस्ते रेन ज्यू, म शांसी दैनिकबाट पत्रकार हुँ । म शांसीको विकासलाई समर्थन गर्नका लागि ह्वावेलाई धन्यवाद दिन चाहन्छु । के तपाइँ हामीलाई बताउन सक्नुहुन्छ कि कसरी इन्टेलिजेन्ट माइनिङ इनोभेशन प्रयोगशाला ह्वावेको विश्व उपस्थितिमा मिल्न जान्छ ? प्रयोगशालाले कस्तो भूमिका खेल्नेछ, यसले शांसीमा के परिवर्तन ल्याउनेछ र यसको भिजन के हो ? ह्वावेले भविष्यमा शांसीमा आफ्नो व्यापार कसरी बढाउने अपेक्षा राखेको छ ? 

रेनः हामीसँग १०० भन्दा बढी रिसर्च सेन्टर र संयुक्त प्रयोगशालाहरू विश्वभर छन् जसमध्ये प्रायः गणित, भौतिक विज्ञान, रसायन विज्ञान, जीवविज्ञान र सौंदर्यशास्त्र जस्ता क्षेत्रहरूमा विशेषज्ञ छन् । ती मध्ये थोरै संख्यामा अप्लाईड रिर्सच प्रयोगशाला हुन् जुन हामीले हाम्रो ग्राहकहरूसँग निर्माण गरेका हौं ।

उदाहरणका लागि, हामीले टेल्कोहरु संग मिलेर संयुक्त प्रयोगशालाहरू निर्माण गरेका छौं जहाँ हामी दूरसंचारका ग्राहकहरूको आवश्यकताहरूको अध्ययन गर्दछौं । यी कोल माइनिङका लागि बनाइएको संयुक्त प्रयोगशाला र यातायात अनुप्रयोगहरू जस्तै एयरपोर्ट र सीपोर्ट क्षेत्रहरुका लागि बनाइएको अन्य संयुक्त प्रयोगशालाहरूको साथमा हामी अब टेलिकमहरू भन्दा अग्र जाँदैछौं । यी प्रयोगशालाहरू अनुसन्धान प्रयोगशालाहरू हुन् ।

इन्टेलिजेन्ट माइनिङ इनोभेशन प्रयोगशाला मुख्यतया शांसीको हजारौं कोइला खानीहरू र अन्य प्रकारका खानीहरूमा सञ्चालनलाई सहयोग पुर्याउन प्रयोग गरिनेछ । भविष्यमा स्वायत्त ड्राइभिङले हामीलाई ओपेन–पिट खानीहरूमा स्वचालित माइनिङ प्राप्त गर्न मद्दत गर्नेछ । शांसीले धेरै जसो खानीहरूमा पहिले नै मेकानिकल उपकरणहरू प्रयोग गरेर कोइला खानीमा राम्रो काम गरिरहेको छ । त्यहाँ पहिले नै केहि स्वचालित खानीहरू छन् । क्ष्ऋत् को प्रयोग गर्नाले इन्टेलिजेन्ट माइनिङ प्राप्त गर्न मद्दत पुग्दछ । उदाहरणको लागि शांसीको खानीहरुमा प्रभावकारी रुपमा ग्यास विस्फोट रोक्न उपकरणहरु पहिले देखि छन् तर उनीहरुलाई कम्तिमा चार वटा केबुल चाहिन्छः दुई पावर केबुल र दुई सिग्नल केबुल ।

हाम्रो टेक्नोलोजीसँग संयुक्त भएमा ग्यास डिटेक्टरहरूलाई कुनै पनि केबुलहरू आवश्यक पर्दैन । उनीहरू तार रहित नेटवर्कको उपयोग गरेर डाटा प्रसारित गर्न सक्दछन् । ब्याट्रीद्वारा संचालित हुने उनीहरूले पनि ६ एम भन्दा कम पावरमा अपरेट गर्न सक्छन् जसले सुरक्षाको वर्तमान मापदण्डहरू पूरा गर्दछ ।

यसको मतलब ग्यास डिटेक्टरहरू पिट्समा जहाँ सुकै पनि जडान गर्न सकिने छ । माइनिङ मेशिनहरू परम्परागत रूपमा वायर्ड डिटेक्टरहरूसित जडित हुन्छन् । जब तपाईं वायर्ड डिटेक्टर प्रयोग गर्नुहुन्छ, माइनिङको मेसिन ढिलो गतिमा अगाडि बढ्ने गर्दछ किनकि उनीहरूले निरन्तर सबै चीज पुनः जडान गर्न पर्दछ ।

माइनिङ मेशिनहरूलाई वायरलेस नेटवकमा प्रयोगले ग्यास डिटेक्टरमा कनेक्ट गरेर हामी उत्पादकत्व बढाउन सक्छौं । यी ग्यास डिटेक्टरहरूको ब्याट्री साना र कम पावरका हुन्छन् र प्रत्येक १२ देखि १८ महिनामा मात्र बदल्नु आवश्यक छ । हामी शांसीको कोइला खानीहरूसंग विस्फोट रोक्ने प्रणालीमा काम गरिरहेका छौं । यस प्रणालीले अन्ततः पुरै विश्वलाई मद्दत गर्न सक्दछ ।

झाओ डोङ्गहुइ, सिन्ह्वा समाचार एजेन्सीः कोइला माइनिङमा ह्वावेले कोर्पस् भनिने अपरेटिङ मोडेल अपनाएको छ । के तपाईं यस मोडेललाई अन्य उद्योगहरू जस्तै एयरपोर्ट, पोर्ट र फलाम र स्टिलमा विस्तार गर्नु हुन्छ ? र यसको मतलब ह्वावे यसको कोर व्यवसाय भन्दा बाहिर विस्तार हुँदैछ भनेको हो ? म तपाईंलाई एउटा व्यक्तिगत प्रश्न पनि सोध्न चाहन्छु । तपाईं लामो समयदेखि कडा परिश्रम गर्दै हुनुहुन्छ । तपाईले कहिले सेवानिवृत्त हुने योजना गर्नुहुन्छ ?

रेनः यो मोडल कोइला उद्योगमा मात्र सीमित छैन । कोर्पस् भनेको के हो म भन्छु । यो एउटा अवधारणा हो जुन हामीले गुगलबाट लिएका हौं । मूलतः एक कोर्पस्ले आधारभूत अनुसन्धान गर्ने वैज्ञानिक, प्रविधि विज्ञ, टेक्नोलोजी विज्ञ, उत्पादन विज्ञ, ईन्जिनियरिङ विज्ञ, बिक्री विशेषज्ञ र डेलिभरी र सेवा विशेषज्ञहरूलाई एकै ठाउँ ल्याइ टोली गठन गर्दछ । यसले नयाँ उत्पादनहरूको टाईम–टु–मार्केट छोटो पार्दछ । यस मोडेलले हामीलाई हाम्रा बिभिन्न व्यवसायहरूलाई भव्य तरिकाले अगाडि बढाउन मद्दत गर्दछ र सबै कुरा बढी कुशल हुन्छ ।

पोर्टहरुमा सधैं नै ठूलो स्तरमा तैनाती हुने गरेको छ तर कोइला माइनिङ पहिलो उद्योग हो जहाँ हामीले यो कोर्पस् मोडल लागू गरेका छौं । तपाईं शेन्जेन, शंघाई र दुबईका एयरपोर्टहरू भ्रमण गर्न सक्नुहुनेछ जहाँ हामीले प्रेषण कार्यक्षमता बढाउन ठूलो मद्दत गरेका छौं ।
हामीले के गर्याैं भनेर एक उदाहरण दिन चाहन्छु ।

आँधीबेहरी वा अन्य प्रकारका अवरोधहरूको बखत एयरपोर्टले उडानहरूको लागि बोर्डिङ ब्रिजहरू पुनः गणना गर्नु पदर्छ । यसले सामान्यतया म्यानुअल कामको चार घण्टा लिन्छ । हामीले समयलाई केहि सेकेन्डमा कटौती गर्न सहयोग गरेका छौं । साथै, हामीले उडान समयको ट्याक्सिङ खर्च २ मिनेटले घटाउन सहयोग गरेका छौं । यी हामीले गरेका सुधारहरू हुन् ।

तपाई हुनान भालिन जियाङ्टान आइरन र स्टिल कारखाना पनि जान सक्नु हुन्छ । उनीहरूले भट्टी र रोलिंग मिलहरूको मानव रहित अपरेसन प्राप्त गरिसकेका छन् । यस कारखानामा स्टिलको इस्मेल्टिङ र रोलिंग कन्ट्रोल कामदारहरुले सूट र टाई लगाएर कन्ट्रोल रुमबाट गर्छन् ।

जब एआर र भीआर प्रविधिहरू अपनाइन्छ, उनीहरू मूलतः सिसाबाट भट्टीमा हुने रसायनहरू देख्न सक्दछन् । त्यसैले परीक्षणको लागि ती सामग्रीहरूलाई भट्टीबाट बाहिर निकाल्न आवश्यक पर्दैन । र स्टिल उत्पादन पनि अझ बढी कुशल हुनेछ र मिश्रको गुणस्तर बढ्नेछ । त्यसैले मानव रहित कार्यहरू केही फलाम र स्टिल कारखानाहरूमा राखिएको छ र कोइला माइनिङमा भन्दा त्यहाँ लागू गर्न सजिलो छ ।
पोर्टहरुका लागि पनि यो समान छ ।

हामीले शेन्जेनको निङ्गबोको पोर्ट र शेकोउको पोर्टलाई धेरै जसो कार्यहरु अटोमेट गर्न मद्दत गरिसकेका छौं । यी उद्योगहरूमा हाम्रो कोर्पस् मोडल विस्तार गर्ने नगर्ने त्यहाँको मागमा निर्भर गर्दछ । उदाहरणको लागि, एयरपोर्ट र पोर्टहरुमा यो अनिवार्य रुपमा एक गणितीय मुद्दा हो जुन समाधान गर्नका लागि एकदम सजिलो छ । तर कोइला माइनिङमा रसायनशास्त्र र भौतिक विज्ञान संलग्न छन् । ती हाम्रो कम्पनीको लागि नयाँ मुद्दाहरू हुन् । हामीले संगीत सेवाहरूको लागि पनि एक कोर्पस् मोडेल अपनाएका छौं ।

धेरै मानिसहरू आफूले सुन्ने संगीतको गुणस्तरसित खुसी छैनन् । त्यो किन हो त ? संगीतले विस्तृत दायराको फ्रिक्वेन्सीलाई कभर गर्दछ । यदि हामी कन्सर्ट हलमा जान्छौं भने हामी उच्च दायरादेखि कमसम्म सम्पूर्ण दायरामा आनन्द लिन सक्दछौं । तर, यदि हामी इलेक्ट्रोनिक उपकरणहरू मार्फत संगीत सुन्छौं भने ब्यान्डविथ पर्याप्त हुँदैन र संगीतलाई प्रसारण अघि सानो डेटा प्याकेटमा संकुचन गर्नुपर्ने हुन्छ ।

यसको अर्थ अत्याधिक कम र उच्च फ्रिक्वेन्सीहरू हटाइनेछ, त्यस कारण संगीतको गुण कम हुने गर्दछ । अल्ट्रा–ब्रोडब्यान्ड टेक्नोलोजीले सबै सूक्ष्मताहरूको साथ संगीत संचार गर्न र श्रोताको लागि उच्च निष्ठाको अनुभव दिन सम्भव बनाउँदछ ।

हाम्रो इयरफोन डिजाइनमा हामी वास्तवमा कान वरिपरिको हड्डीहरूको प्रयोग गर्दर्छौं – र केवल ईर्ड्रम मात्र होइन – संगीत सुन्नको लागि । यो उपलब्धिको श्रेय हाम्रो संगीत कोर्पस्लाई जान्छ जुनमा हाम्रा धेरै वैज्ञानिकहरु ध्वनि र अन्य क्षेत्रहरुमा काम गरिरहेका छन् र असंख्य आविष्कारहरु गरेका छन् ।

संगीत सेवामा एप्पल अझै पनि उत्तम छ । उनीहरू ईयरफोनबाट वार्षिक २० अर्ब अमेरिकी डलर कमाउँछन् । हाम्रो अनुमान छ कि ईयरफोनबाट ह्वावेको वार्षिक आम्दानी एप्पल जत्तिकै बढि हुँदैन तर बढेर १० अर्ब अमेरिकी डलर हुनेछ र हाम्रो कुल नाफा ३ अर्ब अमेरिकी डलर भन्दा बढी हुनेछ । तर एप्पल यस समयमा नम्बर एकमा छ । यो वास्तवमै ठूलो कम्पनी हो ।

संक्षेपमा, हामी एक विशेष व्यवसायको लागी कोर्पस् अपरेटिंग मोडेल अपनाउने छौं या छैनौं भन्ने कुरा धेरै हदसम्म फ्रन्टलाइन अपरेटिंग टीम मा वैज्ञानिकहरु आवश्यक छ कि छैन भन्नेमा निर्भर गर्दछ । यदि वैज्ञानिकहरूको आवश्यक छ भने हामी कोर्पसर्् मोडल अपनाउनेछौं । अन्यथा, हामी हामीले प्रयोग गर्दै आएका सामान्य म्याट्रिक्स मोडेलहरू प्रयोग गरिरहने छौं ।

झाओ डोङ्गहुइ, सिन्ह्वा समाचार एजेन्सीः तपाई कहिले सेवानिवृत्त हुने योजनामा हुनुहुन्छ ?

रेनः सत्य के हो भने मेरो लागि कहिले सेवानिवृत्त हुनेछु सही प्रश्न होइन, तर म वास्तवमा सेवानिवृत्तिमा के गर्नेछु हुनुपर्छ । मेरी श्रीमतीले मलाई भनेकि छिन् कि म दिनहुँ केवल चिया पिउन सक्छु । म बिहान चिया पिउन सक्छु तर दिउँसो चिया पिए भने म राती निदाउन सक्दिन । त्यसैले मेरो सेवानिवृत्ति पछि म कसरी आफूलाई मनोरन्जन दिनेछु मलाई थाहा छैन र म बरु ह्वावेमा नै काम गरिरहन रुचाउँछु । सायद तपाईहरुले मलाई मद्दत गर्न सक्नु हुन्छ कि । मलाई वास्तवमा व्याकुल राख्ने कुनै पनि शौकहरु छैन ।

सेलिया चेन, एससीएमपीः ह्वावेको व्यवस्थापनले २०२० को शुरुवातमा भनेको थियो कि ‘बाँच्नु’ नै उद्देश्य हो । अब ह्वावे अझै पनि धेरै राम्रो गरिरहेको छ । त्यसो भए २०२१ को लागि तपाइँको लक्ष्य के हो ? आउँदो तीन बर्षमा ह्वावेको विकासको लागि के चाहिएला ? यदि तपाईले छान्न पर्याे भने तीन वर्षसम्म तपाईको हातमा धेरै वैज्ञानिकहरु रोज्नु हुन्छ वा एन्टिटी लिस्टबाट तुरुन्त हटाइनु रोज्नुहुन्छ ?

रेनः मलाई लाग्दैन कि अमेरिकाले हामीलाई निकाय सूचीबाट हटाउने छ । म यो असम्भव भन्दिन तर यो हुने त्यती सम्भावना पनि छैन । हामी यसलाई सम्भावनाको रूपमा विचार गरिरहेका छैनौं । हामी राम्रो उत्पादन र सोलुसनहरू उत्पादन गर्न प्रतिबद्ध रहनुपर्दछ ताकि हामी ग्राहकहरूको विश्वास जित्न उत्पादन गर्न सकौं ।

हामी संसार भरका वैज्ञानिकहरूलाई स्वागत गर्दछौं र शीर्ष दिमागलाई समर्थन गर्न सक्दछौं । अहिलेलाई हामी केवल कडा परिश्रम गर्न चाहन्छौं र बाँच्नका लागि नयाँ अवसरहरू खोजिरहेका छौं । कोइला खानीले राम्रो अवसर प्रदान गर्दछ । विश्वभरिमा कोइला खानीहरू थुप्रै छन् र यसले अरबौं डलर सिर्जना गर्न सक्छ । कल्पना गर्नुहोस् हामी कति जनालाई त्यो पैसाले समर्थन गर्न सक्छौं ।

अर्जुन खरपाल, सीएनबीसीः रेन ज्यू, के म तपाईलाई चिप्सको बारेमा मात्र सोध्न सक्छु ? यस क्षणमा, तपाईंले पहिल्यै स्पष्ट रूपमा उल्लेख गर्नुभयो कि स्मार्टफोन व्यापार चिप्सबाट काटिएको छ । त्यसो भए तपाईं त्यस क्षेत्रमा के गर्दै हुनुहुन्छ ? के तपाइँ अहिले कुनै चिप कम्पनीमा लगानी गर्दै हुनुहुन्छ वा त्यसलाई प्राप्त गर्दै हुनुहुन्छ ? र मानौं तपाईलाई त्क्ःऋ बाट आपूर्तिबाट काटिएको छ, विकल्प के छ ? के यो हाई–एण्ड स्मार्टफोन बिजनेसका लागि मेडियाटेक हो ? योसँग जोडिएको, के तपाई स्मार्टफोन बिजनेसमा बसिरहनु हुन्छ ? वा तपाईले अनरसँग गर्नुभएको जस्तै हाई–एण्ड बिजनेसलाई बेच्नु हुन्छ, ?

रेनः पहिलो कुरा, अमेरिकी सरकारले यसको आफ्नै चिप उद्योगमा एक नजर राख्नु जरुरी छ । अमेरिकाले चिप्सलाई महत्वपूर्ण ठान्दछ, त्यसैले युरोपले उनीहरूलाई महत्वपूर्ण ठान्ने छ र जापानले पनि । विश्वले घर–जग्गाको साथ भए जस्तैे चिप्सको अधिशेष देख्न गइरहेको छ, । हामी चिप्स बनाउन लगानी गर्ने छैनौं । बालुवालाई सिलिकनमा बदल्नु हाम्रो कुरा होइन । हामी गणितमा राम्रो छौं र हामी ग्लोबलाइजेसनमा भर पर्छौं । हामी ग्लोबलाइजेसनको यो आदर्शलाई त्याग्दैनौं र चाहे कुनै प्रकारको प्रतिबन्ध जतिसुकै नै कठोर भए पनि यसै किसिमले व्यापार गर्न जारी राख्ने छौं । एक दिन जब बजार चिप्सले भरिएको हुन्छ म शर्त लगाउँछु कि अरुहरूले हामीलाई त्यसलाई किन्नु भनेर बिलौना गर्ने   छन् ।

दोस्रो, उपकरणहरू केवल मोबाइल फोन हो भनेर नसोच्नुहोस् । व्यक्ति वा वस्तुहरूलाई जोड्ने सबै कुरा उपकरणहरू हुन् । त्यसमा लेजर रडार, अल्ट्रासोनिक रडार र डप्लर रडार जस्ता चीजहरू छन् जुन सेल्फ–ड्राइभिङ सवारीहरूको लागि, साथै घरेलु ग्यास मिटर, पानी मिटर, टिभी र सुरक्षा प्रणालीहरू समावेश छन् । मोबाइल फोन उपकरण कोटीको केवल एक हिस्सा मात्र हो । त्यसैले ह्वावेले भविष्यमा हाम्रो छन् टेक्नोलोजीहरू अरुलाई हस्तान्तरण गर्न सक्दछ, तर हामी हाम्रो उपकरणको व्यवसाय कहिल्यै बेच्दैनौं ।

डेभिड किभटन, रोयटर्सः त्यसो भए हामी बुझ्छौं कि तपाईंको छोरी मेंग वानजाउको प्रतिनिधित्व गर्ने टोलीले अमेरिकी अभियोजकसंग सम्पर्कमा रहेको छ । के तपाइँ आशावादी हुनुहुन्छ कि उनी यस वर्ष फर्कन सक्षम हुनेछिन् ? र कम्पनीमा उनको भविष्य कस्तो छ ?

रेनः मेंग वानजाउको मामलामा हामी अझै पनि क्यानाडामा कानूनी कार्यवाहीसंग जारी रहेका छौं ।

लियू रुइकियांग, शान सी री बाओः रेन ज्यू, शांसीले बृहत् ऊर्जा सुधार कार्यक्रम चलाउँदैछ जसलाई टेक्निकल टेलेन्टको ठूलो मात्रा चाहिन्छ । ह्वावेसंग शांसीको प्रतिभा विकास कार्यक्रमको लागी मद्दत गर्ने केहि योजना छ ?

रेनः हामीले अझै शांसीमा थप लगानी र विकास योजनाहरूमा विचार गरेका छैनौं ।

सेलिया चेन, एससीएमपीः ह्वावेले आफ्नो व्यवसाय पोर्टफोलियो समायोजित गरिरहेको छ, के तपाइँको प्रबन्ध टोलीमा कुनै परिवर्तन आउने छ ? केही मिडिया रिपोर्टहरू अनुसार एरिक जूले ह्वावे छोड्ने भनिएको छ । के यो अफवाह हो ? व्यवसाय पोर्टफोलियो समायोजित गर्दै गर्दा के ह्वावेले आफ्नो प्रबंधन टीमको संरचना पनि परिवर्तन गर्ने छ ?

रेनः ह्वावेको प्रबंधन टीमको लागि कुनै प्रमुख संरचनात्मक परिवर्तन हुने छैन । हाम्रो बिजनेस अपरेटिंग मोडेल परिवर्तन हुँदा हामी केही व्यक्तिको पद समायोजन गर्नेछौं । उदाहरणको लागि, हाम्रो कोल माइन कोर्पस्का अध्यक्ष हाम्रो ल्याटिन अमेरिका क्षेत्रको पूर्व राष्ट्रपति हुन् । यसले शांसीमा कोइला उद्योगको विकासप्रति हाम्रो प्रतिबद्धता देखाउँदछ ।

एरिक जूको ह्वावे छोडेर जाने कुरा एउटा अफवाह हो । त्यो स्पष्ट गर्न हामीले मिडिया स्टेटमेन्ट प्रकाशित गरेका छौं ।

डेभिड किर्टन, रिउटर्सः राजस्वको हिसाबले कम्पनीले ह्यान्डसेटको व्यवसायबाट अपरिहार्य रूपमा गुमाइरहेको छ । के यो नयाँ अवसरले त्यसलाई अफसेट गरेको जस्तो लाग्छ ? र यदि हो भने, कति छिटो ?

मलाई लगभग यसै बर्षमा जस्तो लाग्छ ।

सेलिया चेन, एससीएमपीः तपाईंको कान्छी छोरी अनाबेल याओले मेंग वानजाउबाट बिल्कुलै भिन्न क्यारियर मार्ग छानेकि छिन् । बुबाको नाताले कुन छनौटले तपाईंलाई खुशी पार्छ ?

रेनः प्रत्येक बच्चाको आफ्नै रुचि हुन्छ । अभिभावकले उनीहरूका लागि छनौट गर्न सक्दैन । उनीहरूले आफूले चाहेको मार्ग छनौट गर्न सक्दछन् । मलाई शो बिजनेसको बारेमा त्यति थाहा थिएन । उनले यस उद्योगमा काम गर्न थालेदेखि मैले कलाकारलाई कत्ति गाह्रो हुने देखेको छु । तर उनले आफ्नो निर्णयमा कहिल्यै पछुताइनन् । त्यसैले हामी, अभिभावकको रूपमा, हस्तक्षेप गर्न चाहँदैनौं ।

डेभिड किर्टन, रोयटर्सः तपाईले यो परियोजना चिनियाँ नयाँ वर्ष भन्दा पहिले घोषणा गर्ने कसरी सोच्नुभयो ?

रेनः यो जानाजानी गर्न खोजिएको होइन । हामी केवल शांसी प्रान्तीय सरकारको क्यालेन्डरमा आउन चाहन्थ्यौं । मैले मिडियासंग भेट गरेको लामो समय भइसकेको थियो, त्यसैले मैले यो अवसरमा मिडियाका केहि साथीहरुलाई भेट्न चाहेँ । यसको समयको हिसाब गरिएको थिएन ।

झाओ डोङ्गहुइ, सिन्ह्वा समाचार एजेन्सीः तपाई विविधिकरणको विषयलाई बेवास्ता गर्दै हुनुहुन्छ जस्तो देखिन्छ ।

रेनः ह्वावे कहिल्यै विविधीकरणको पछि लाग्ने छैन । हामी केवल एउटा प्लेटफर्म प्रस्तुत गर्दैछौं, माटो प्रदान गर्ने छौं जहाँ सबै प्रकारका बालीहरू फल्न सक्छ । कोइला उद्योगका लागि हामीले प्रदान गरेको प्लेटफर्म मूलतया उस्तै हो जुन हामीले दूरसञ्चार र यातायात उद्योगहरूको लागि दिन्छौं । यो केवल यति हो कि कोइला खानीहरू यो प्लेटफर्म कसरी प्रयोग गर्ने जान्दैनन्, त्यसैले हामी उनीहरूलाई थप मद्दत गर्दछौं । हामी अधिक प्लेटफर्महरू बेचिरहेका छौं तर त्यो विविधिकरण होइन ।

सेलिया चेन, एससीएमपीः हामीसँग भेट गर्नु भएकोमा धन्यवाद । यदि अमेरिकी राष्ट्रपति बाइडेनले तपाईंलाई बोलाए भने तपाईं वहाँलाई के भन्नुहुन्छ ?

रेनः म त्यस निमन्त्रणलाई स्वागत गर्नेछु तर वहाँले बोलाउनु भएको छैन । तपाईंसँग मेरो ईमेल ठेगाना र टेलिफोन नम्बर छ ।

तपाई कुन विषयको बारेमा बडी कुरा गर्न चाहनुहुन्छ ?

रेनः म उँहासँग साझा विकासको बारेमा कुरा गर्नेछु । अमेरिका र चीन दुवैले आफ्नो अर्थव्यवस्थाको विकास गर्नु आवश्यक छ किनकि यो हाम्रो समाज र वित्तीय सन्तुलनको लागि राम्रो छ । सबैलाई यसको आवश्यक छ । मानवता प्रगति गरिरहँदा कुनै पनि कम्पनीले एकल वैश्विक उद्योगको विकास गर्न सक्दैन । विश्वभरमा ठोस प्रयासको आवश्यक रहेको छ ।



प्रतिक्रिया दिनुहोस !