४ बैशाख २०८१, मंगलबार

फागुन ७ देखि आलु महोत्सव हुने

प्रकाशित मिति :  16 February, 2021 2:33 pm


स्याङ्जा । स्याङ्जाको भीरकोट– ५ पकानमा प्रथम आलु महोत्सव हुने भएको छ ।

आलु खेतीका लागि उर्वरभूमिका रुपमा चिनिएका सो स्थानमा यही फागुन ७ र ८ गते महोत्सव हुने जनाइएको छ ।

क्षेत्रीय कृषि निर्देशनालय पोखरा, कृषि ज्ञान केन्द्र स्याङ्जा, भीरकोट नगरपालिका र स्थानीय महिला जागरण बहुउद्देश्यीय सहकारी संस्थाको संयुक्त आयोजनामा महोत्सव हुन लागेको भीरकोट नगर प्रमुख छायाराम खनालले जानकारी दिए ।

आलुखेती गर्ने किसानलाई प्रोत्साहन गर्न, उत्पादित आलुको बजारीकरण गर्न र आलुका परिकारका बारेमा जानकारी दिन महोत्सव गरिने उनले बताए ।

महोत्सवस्थलमा आलुको खरीदबिक्री, विभिन्न परिकार बनाएर स्वाद दिइने लक्ष्य आयोजकको छ ।

“आलु उत्पादनका दृष्टिले यो क्षेत्र उर्वरभूमि पनि हो, परम्परागत रुपमा गरिँदै आएको खेती प्रणालीलाई थप आधुनिकीकरण र व्यवसायितकता तर्फ अगाडि बढाउनका लागि आलु पकेट क्षेत्र निर्धारण गरेका थियौं” नगर प्रमुख खनालले भने ।”

“पकेट क्षेत्रमा तीन वटा आलु ब्लक बनाएर सामूहिक र व्यक्तिगतरुपमा तीन सय रोपनी क्षेत्रफलमा आलु लगाइएकोमा उत्पादन पश्चात खन्न शुरु भएको हो ।”रासस



प्रतिक्रिया दिनुहोस !