१४ बैशाख २०८१, शुक्रबार

धनगढाका होटेल रेष्टुरेन्ट व्यवसायीलाई खाद्य स्वच्छता सम्बन्धि प्रशिक्षण

प्रकाशित मिति :  23 February, 2021 5:25 pm


धनगढी ।

कैलालीको सदरमुकाम धनगढीका होटेल तथा रेष्टुरेन्ट व्यवसायीलाई खाद्य स्वच्छ्ताका आधारमा वर्गीकरण गरी लोगो वितरण तथा नवीकरण सम्बन्धि प्रशिक्षण गरिएको छ ।

मंगलबार सम्पन्न कार्यक्रममा करिव ५० जना होटेल रेष्टुरेन्ट व्यवसायी सहभागी रहेका खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले जनाएको छ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालय मातहतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग तथा मातहतका देशभरका कार्यालयले होटेल रेष्टुरेन्टको अनुगमन गरि गुणस्तरका आधारमा रातो, हरियो र पहेंलो स्टिकर प्रदान गर्दै आएको छ ।

होटेल रेष्टुरेन्ट व्यवसायीलाई खाद्य स्वच्छता गुणस्तरका विषयमा सचेत बनाउदै आइएको र छिटै नै यस क्षेत्रका होटेलहरुको स्थलगत अनुगमन तथा मुल्यांकन गरि लोगो वितरण गरिने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका प्रमुख नवराज ढकालले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस !