२६ बैशाख २०८१, बुधबार

नागरिक लगानी कोषले साढे ३ लाख कित्ता हकप्रद सेयर लिलामीमा राख्ने

प्रकाशित मिति :  24 February, 2021 12:10 pm


काठमाडौं । नागरिक लगानी कोषले बिक्री नभएको हकप्रद सेयर लिलामीमा राख्ने भएको छ । कोषले अवितरित हकप्रद सेयर फागुन २१ गतेबाट लिलामीमार्फत बेच्ने भएको छ । यस अघि गत पुस २८ गतेदेखि माघदेखि १९ गते सम्म हकप्रद सेयर निष्कासन गरेको थियो ।

हकप्रद सेयरमा आवेदन नपरेको कुल ३ लाख ५४ हजार १५०.०५ कित्ता सेयर कोषले लिलामीमार्फत बेच्ने भएको हो।लिलामीमा राखिने उक्त सेयरमा इच्छुक व्यक्ति, कम्पनी तथा संघसंस्थाहरुले आवेदन दिन सक्ने सेयर निष्कासन तथा बिक्री आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडले जनाएको छ ।

लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ राखिएको छ । यसको लगानीकर्ताहरुले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गरी आवेदन दिनुपर्नेछ।लगानीकर्ताहरुले आवेदन दिन न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा कुनै हद लाग्ने छैन ।

आवेदन काठमाण्डौको टेकुस्थित आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड र राष्ट्रिय वाणिज्य बैंकका शाखाहरु वीरगन्ज, जनकपुर, नारायणगढ, बागलुङ, बुटवल, रुपन्देही, नेपालगन्ज, वीरेन्द्रनगर, धनगढी, बिर्तामोड, हेटौँडा, तुलसीपुर र महेन्द्रनगरबाट तथा नागरिक लगानी कोषको काठमाण्डौ नयाँबानेश्वरस्थित केन्द्रीय कार्यालय र शाखाहरु विराटनगर तथा पोखराबाट पनि आवेदन पेस गर्न सक्नेछन्।



प्रतिक्रिया दिनुहोस !