१३ बैशाख २०८१, बिहिबार

महासंघको गैर-आवासीय नेपाली समन्वय फोरम विस्तार

प्रकाशित मिति :  25 February, 2021 7:06 pm


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको द्विराष्ट्रिय एवं गैर आवासीय नेपाली समन्वय फोरम विस्तार गरिएको छ ।

महासंघको कार्यकारिणी समितिका सदस्य ई. देशबन्धु वस्नेत (अजित)को सभापतित्वमा गठित फोरमको विस्तारसँगै पहिलो वैठक बसेको छ ।

वैठकले नेपालमा विदेशी तथा गैर आवासीय नेपालीहरूको लगानी भित्रयाई उद्योग व्यवसाय प्रवद्र्धन तथा रोजगारी सिर्जनामा अधिकतम प्रयास गर्ने, व्यापार व्यवसाय विस्तारको सम्भाव्यताको अध्ययन गरी व्यवसाय प्रवद्र्धन गर्न पहल गर्ने तथा नेपालमा लगानी भित्रयाउन तथा नेपाली उत्पादनको निर्यात बढाउने मेला तथा गोष्ठीको आयोजना गर्ने लगायतको निर्णय गरेको छ ।

फोरमको सह–सभापतिहरूमा एनआरएनए यूकेका कुल आचार्य, नेपाल इजिप्ट चेम्वर अफ कमर्स एण्ड इण्डट्रिका अनोज रिमाल र निर्यात प्रवद्र्धन परिषद नेपालका हरि बहादुर कार्की रहेका छन् ।

फोरमका सदस्यहरूमा नेपाल ब्रिटेन चेम्वर अफ कमर्स एण्ड इण्डट्रिका डा. मनिष थापा, नेपाल टर्कि चेम्वर अफ कमर्स एण्ड इण्डट्रिका उमेश रायमाझी, नेपाल फिलिपिन्स चेम्वर अफ कमर्स ब्लेसी ग्याडोन ढकाल, एनआरएनए यूएसएका ऋषि प्रसाद ढकाल र एनआरएनए थाइल्याण्डका खगेन्द्रराज ढकाल छन् ।

फोरमका विशेष आमन्त्रितहरूमा एनआरएनए मिडिल इष्टका आर के शर्मा, एनआरएनए अफ्रिकाका हिक्मत थापा, एनआरएनए अष्टेलियाका दिपक कुमार खड्का, एनआरएनए यूरोपका पूर्ण हमाल, एनआरएनए कोरियाका सुवाष पौडेल, एनआरएनए जापानका किरण थापा लगायत छन् ।

अन्य आमन्त्रितहरुमा नेपाल कुवेत चेम्वर अफ कमर्स एण्ड इण्डष्ट्रिका पुष्पदास श्रेष्ठ, नेपाल वुल्गेरिया चेम्वर अफ कमर्स एण्ड इण्डष्ट्रिका महेशमान श्रेष्ठ, नेपाल जर्मन चेम्वर अफ कमर्स एण्ड इण्डष्ट्रिका शुवाशिष थपलिया, एनआरएनए यूएसएका चन्द्र प्रसाद ढकाल, एनआरएनए मिडिल इष्टका रामेश्वर शाह, एनआरएनए जापानका प्रकाश घिमिरे, इम्पेरियल सेक्यूरिटिज प्रा.लि.का प्रकाश तिवारी, होटल सहन्साका अरनिको शाह र बी एण्ड एसोसिएट्सका सीए आशिष छन् ।

फोरमको सल्लाहकारहरूमा इक्वेडरका महावाणिज्यदूत शसिकान्त अग्रवाल, एनआरएनएका अध्यक्ष कुमार पन्त र नेपाल भारत उवासंघका कोषाध्यक्ष एवं महासंघका पूर्व कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान, नाडाका निवर्तमान अध्यक्ष शम्भु दाहाल, महासंघको पूर्व कार्यकारिणी समिति सदस्य अजय मुडवरी, महासंघका कार्यकारिणी समिति सदस्य राजेन्द्र राउत, सार्क उवासंघका विजय मल्ल, महासंघको पूर्वकारिणी समिति सदस्य तथा नेपाल टर्की उवासंघका अध्यक्ष अखिल कुमार चापागाई रहेका छन् ।

फोरम विस्तार कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकभित्र लगानी तथा प्रविधि आकर्षणका लागि लाग्न फोरमलाई सुझाव दिए ।

“महासंघले अगाडी सारेको भिजनमा मुलुकको आर्थिक वृद्धिदर दोहोरा अंकमा लैजाने र प्रत्येक वर्ष करिव ४ लाखलाई रोजगारी सिर्जना गर्ने लक्ष्य लिएकाले यसलाई पुरा गर्न पनि वाह्य लगानी आवश्यक भएकाले यसमा सहयोग गर्न आग्रह गर्दछु,” उनले भने ।

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले विभिन्न देशमा छरिएर रहेका करिव ५० लाख नेपालीहरू, नेपाली कुटनीतिक नियोगहरू, महासंघका समकक्षी अन्तराष्ट्रिय संघसंस्थाहरूसंग समन्वय सहकार्य गरी नेपालमा अन्तराष्ट्रिय लगानी ल्याउन फोरमले परिणामदायी कार्य गर्ने विश्वास आफूले गरेको बताए ।



प्रतिक्रिया दिनुहोस !