७ बैशाख २०८१, शुक्रबार

ह्वावेले स्थापना गर्यो पहिलो डिजिक्स ल्याव, टेक इकोसिस्टम विकासमा सहयोग पुुग्ने

प्रकाशित मिति :  26 February, 2021 7:01 pm


सांघाई । चिनियाँ बहुराष्ट्रिय कम्पनी ह्वावेले ह्वावेले सिंगापुुरमा डिजिक्स ल्याप स्थापना गरेको छ । ह्वावे मोबाइल सिस्टम (एचएमएस) इकोसिस्टमको प्रभावकारिताकाे लागि विकासकर्ता र साझेदारहरुलाई सशक्त बनाउन एसिया प्यासिफिकमा पहिलो ल्याबको स्थापना गरिएको हो ।

मोबाइल वल्र्ड कंग्रेस सांघाई २०२० मा यस सम्बन्धि जानकारी गराइएको हो । यो कार्यक्रम टेक इकोसिस्टमको विकास गर्न र यस क्षेत्रमा डिजिटल रूपान्तरणको गति बढाउनको लागि शुरु गरिएको ह्वावे एशिया प्यासिफिकले जनाएको छ । फेब्रुअरी २३ देखि फेब्रुअरी २५ सम्म एमडब्लुुसी प्रदर्शनी चलेको थियो ।

पछिल्लो समयमा विकसित एआर, भीआर, एचएमएस कोर किट्ससमेतका विभिनन नविन प्रविधिजडित ल्याबले मोबाइल एपको विकासका लागि मुख्य भूमिका खेल्ने छ । अमेरिकाले एन्ड्रोइड सिस्टमलाई ह्वावेका ग्याजेटमा चलाउन समेत बन्देज लगाएपछि ह्वोवले एचएमएसलाई विकल्पको रुपमा प्रयोग गरिरहेको छ ।

“नयाँ इन्टेलिजेन्ट युगमा ह्वावेको लक्ष्य एमएमएसकासाथ ‘वान प्लस एट प्लस एन’ अल–सिनारीयो मोबाइल इकोसिस्टम बनाउनु हो जसले विकासकर्ताहरूलाई उनीहरूको व्यवसाय निर्माणको लागि आविष्कार गर्न सक्षम पार्दछ,” ह्वावे एसिया प्यासिफिकका उपाध्यक्ष जे चेनले भने, “डिजिक्स ल्याबले आवस्यक अनुप्रयोग विकास टुलहरु बाट विकासकर्तालाई सुसज्जित गरी उनिहरुलाई निखार्न एक प्लेटफर्म प्रदान गर्दछ, जसले डिजिटल स्पेसको भविष्यलाई नबिन र उन्नत बनाउदछ ।”

डिजीक्स ल्याब संगसँगै ह्वावेले यस क्षेत्रमा आफ्नो मोबाइल इकोसिस्टम उन्नत बनाउनका लागि ह्वावे एप ग्यालेरीमा अधिक स्थानीय इन–डिमाण्ड एपहरू ल्याउने घोषणा पनि गरेको छ । जसमा नेपाली एप पनि समावेस छन् ।

ह्वावेले एशिया प्यासिफिक क्षेत्रमा डिजिटल रूपान्तरणको गति बढाउन टेक्नोलोजी इकोसिस्टम विकास गर्न धेरै कार्यक्रममा आफ्ना साझेदारहरूसँग मिलेर काम गर्ने जेले बताए ।
ग्लोबलडाटाको पछिल्लो तथ्यांक अनुसार २०२४ सम्ममा एसिया प्यासिफिक १ सय १४ अर्व उपभोक्ताले फाइभ जी प्रविधि अपनाइसक्ने प्रक्षेपण गरिएको छ । यो ग्लोबल फाइभजी उपभोक्ताको ६५ प्रतिशत हिस्सा हो ।

आफ्नो ग्राहकहरुसँगको संयुक्त इनोभेसन र रणनीतिक साझेदारीको माध्यमबाट ह्वावेले फाइभजी टु बी एप्लिकेसनहरू स्केल गर्न फाइभ जी संचार र उद्योग मापदण्डको समन्वय गरिरहेको छ । फाइभ जी इकोसिस्टम विकास गर्न ह्वावेले बैंककमा फाइभजी इकोसिस्टम इनोभेसन सेन्टरलाई सहयोग पु¥याउन ४ सय ७५ करोड थाई भाट अर्थात् करीब १.५ लाख अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ ।

कम्पनीले एसिया प्यासिफिक देशहरूमा तीन बर्ष भित्र विभिन्न भर्टिकल उद्योगहरूको लागि हरेक बर्ष भाइभ जी सोलुसन अपनाउन एक सय भन्दा बढी स्थानीय एसएमई र स्टार्टअपहरू विकास गर्न प्रतिबद्ध रहेको जनाएको छ । ह्वावे एकेडेमी, आईसीटी सर्टिफिकेसन र सिड फर द फ्युचर जस्ता परियोजनाहरू मार्फत ह्वावेले आगामी पाँच वर्षमा कम्तिमा २ लाख आईसीटी प्रतिभालाई प्रशिक्षण दिनेछ ।



प्रतिक्रिया दिनुहोस !