७ जेष्ठ २०८१, सोमबार

अन्तर्राष्ट्रिय खेलाडीको परिभाषा थप प्रष्ट पार्न खेलकुद मन्त्रालयलाई संसदीय समितिको निर्देशन

प्रकाशित मिति :  20 December, 2019 7:30 pm


sf7df8f}F, $ k’; . lzIff tyf :jf:Yo ;ldltsf] z’qmaf/ v]ns’b ljsf; ;DaGwdf Joj:yf ug{ ag]sf] law]os dfly 5nkmn sfo{qmdnfO{ ;Daf]wg ub}{ ;efklt hok’/L 3tL{ . t:jL/ M rGb|snf If]qL, /f;;

काठमाडौं, पुस ४ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समिति समितिले अन्तर्राष्ट्रिय खेलाडीको परिभाषाका विषयमा थप प्रष्ट पारेर  आउन युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन दिएको छ। समितिको बैठकमा अन्तर्राष्ट्रिय खेलाडीको परिभाषा के हुने भन्ने विषयमा कुरा नमिलेपछि समिति सभापति जयपुरी घर्तीले अन्तराष्ट्रिय खेलाडीको परिभाषाबारे थप गृहकार्य  गरेर आउन मन्त्रालयलाई न्निर्देशन दिनुभएको हो ।

अन्तर्राष्ट्रिय खेलमा सहभागि भएर पदक ल्याएको खेलाडीलाई मात्र अन्तर्राष्ट्रिय खेलाडी भन्ने वा सहभागि हुने सबैलाई अन्तर्राष्ट्रिय खेलाडीको मान्यता दिने भन्ने विषयमा कुरा नमिल्दा बैठक लम्बिएको छ।

अन्तर्राष्ट्रिय खेलाडीको परिभाषाका विषयमा शुक्रबार पनि कुरा नमिल्दा समिति सभापति जयपुरी घर्तीले युवा तथा खेलकुद मन्त्रालयलाई थप गृहकार्य गरेर आउन निर्देशन दिनुभएको छ।

बैठकमा सांसद गगन थापाले खेलाडी छनोट गर्दा अन्तर्राष्ट्रिय खेलामा सहभागि हुने खेलाडी भनेर छनोट गर्ने तर कुनै पदक नल्याएपछि अन्तर्राष्ट्रिय खेलाडी होइन भन्न नमिल्ने बताउनु भयो।

सांसद जीवनराम श्रेष्ठले मेडल जित्नु र सहभागि हुनु फरक कुरा भएकाले सहभागि हुने खेलाडीलाई समेत अन्तर्राष्ट्रिय खेलाडीको मान्यता दिनुपर्ने बताउनुभयो। प्रकृया पूरा गरेर अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाउन पाउने भए पनि सहभागिलाई समेत मान्यता दिनुपर्ने धारणा उहाँको थियो।



प्रतिक्रिया दिनुहोस !