१८ बैशाख २०८१, मंगलबार

पहिलो पटक उत्तरी नाकाबाट मल भित्र्याइयो, बंगलादेशकाे पनि वीरगंज पुग्याे

प्रकाशित मिति :  10 March, 2021 7:44 am


काठमाडौं ।

रासायनिक मलको आपूर्ति सहज गर्न पहिलो पटक उत्तरी नाकाबाट मल आयात गरिएको छ ।

साल्ट ट्रेडिङ कर्पोसनले नेपाल भित्र्याउन लागेको चार हजार मेट्रिक टक युरिया मल मंगलबार चीनको तातोपानी नाका पुगेको छ ।

यसअघि चिनियाँ मल भारतहुँदै ल्याइने गरे पनि चीनबाट सिधै नेपाल भित्र्याउन लागेको भने यो पहिलो पटक हो ।

अभावमा आपूर्ति सहज बनाउने मनसायले चिनियाँ नाकाबाट पनि आयात गरिएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ ।
तातोपानी नाकामा आएको रासायनिक मल बुझ्न मन्त्रालय र साल्ट ट्रेडिङको एक टोली तातोपानी जाँदैछ ।

मंगलबार नै बंगलादेशबाट जिटूटी प्रकृयाबाट कृषि सामग्री कम्पनी लिमिटेडले भित्र्याउन थालेकाे मल भारत नेपाल सीमाको वीरगंजस्थित सुख्खा बन्दरगाहामा पुगेको छ । बंगलादेशबाट ल्याउन थालिएको ५० हजार मेटन मध्ये २२ हजार पाँच सय मेटन मल वीरगंज पुगेको हो ।

मन्त्रालयले यसअघि पत्रकार सम्मेलन गरेर मल अभाव अन्त्य भएको घोषणा गरिसकेको छ । प्रयाप्त मौज्दात र भविष्यको आवश्यकतालाई मध्यनजर गरेर कारखाना खोल्ने समेतको योजनामा मन्त्रालय छ ।

भारतले नाकाबन्दी गर्दाताका चीनबाट पनि मल ल्याउने प्रकृया सरकारकाे प्राथमिकतामा परेकाे थियाे भने धान राेपाइँका बेला अभाव देखिएपछि बंगलादेशबाट पैंचाेमा मल भित्र्याउने प्रकृिया अगाडि बढाइएकाे थियाे । पैंचाे प्रकृया ढिला भएपछि जिटूजीबाट बंगलादेशबाट मल ल्याउन थालिएकाे हाे ।



प्रतिक्रिया दिनुहोस !