१६ बैशाख २०८१, आइतबार

चितवनको हाकिम चोकमा एनसीसी बैंकको नयाँ शाखा विस्तार

प्रकाशित मिति :  16 March, 2021 12:15 pm


चितवन । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) ले चितवनको भरतपुरमा आफ्नो नँया शाखा विस्तार गरेको छ । बैंकले चितवनको भरतपुर ९ स्थित हाकिमचोकमा आफ्नो शाखा संचालनमा ल्याएको हो । सोमबार एक औपचारिक कार्यक्रम आयोजनामा एनसीसी बैंकका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले उक्त शाखा कार्यालयको उद्घाटन गरेका छन् ।

साेही अवसरमा बैंकले विभिन्न व्यवसायहरुलाई वित्तिय कारोबारमा सहजताका लागि विधुतीय काराेबार (क्यू आर) कोड हस्तान्तरण गरेको छ ।
एनसीसी बैंकका संचालक समिति अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले बैंकिङ व्यवसाय व्यापारमुखि मात्रै नभई सेवामुखी भएकाले सेवालाई प्रधानता दिई व्यवसाय संचालन गर्नुपर्ने र एनसीसी बैंकका कर्मचारीहरुको मुख्य दायित्व नै ग्राहकको सेवा तथा सन्तुष्टी रहेको उल्लेख गरे ।

बैंकका सिइओ रमेशराज अर्यालले समग्र अर्थतन्त्र र व्यक्तिगत आर्थिक गतिविधिमा बैंकिङ क्षेत्रको अहम् भुमिका रहने भएकाले एनसीसी बैंकले सरल, सुलभ, समसामयिक, विश्वासिलो र सुरक्षित बैंकिङ सेवा प्रवाह गर्दै आएको र त्यस कार्यलाइ निरन्तरता दिँदै हाकिम चोकमा शाखाको शुरुवात गरिएको उल्लेख गरे।

एनसीसी बैंकका ७ वटै प्रदेशमा जम्मा १२८ शाखा संचालनमा रहेका छन् भने ८ वटा एक्स्टेन्सन काउन्टर संचालित छन् । यस्तै बैंकले देशभर जम्मा १०७ वटा एटिएम सञ्चालन गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस !