२३ बैशाख २०८१, आइतबार

कञ्चनपुरमा सवारी दुर्घटना हुँदा एक जनाकाे मृत्यु, ६ जना घाइते

प्रकाशित मिति :  17 March, 2021 12:24 pm


कञ्चनपुर । कञ्चनपुरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सवारीमा सवारमध्ये  ६ जना घाइते भएकाे छन् ।

बुधबार बिहान ७ बजेतिर पूर्वपश्चिम राजमार्ग अन्तर्गत कृष्णपुर नगरपालिका–५ गुलरियामा महेन्द्रनगरबाट धनगढी आउँदै गरेको म १ ज २४३ नम्बरको वीङ्गर दुर्घटना भएको हाे । वीङ्गरको पछाडिको बाँयातर्फको टायर पड्किएर दुर्घटना भएको प्रहरीले जानकारी दिएकाे छ ।

प्रहरीका अनुसार दुर्घटनामा परी डडेल्धुराको अमरगढी नगरपालिका –५ बस्ने ७७ वर्षीया मन्दिरा देवी पन्तको मृत्यु भएको छ । दुर्घटनामागम्भीर घाइते भएकी पन्तको उपचारका क्रममा धनगढीस्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी घाइते भएका अन्य ६ जनाकाे अत्तरियास्थित पदमा अस्पतालमा उपचार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !