२० बैशाख २०८१, बिहिबार

नेप्से ४० अंकले बढ्दा, सबै उपसमुहमा छायो हरियाली

प्रकाशित मिति :  17 March, 2021 3:39 pm


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्से दोहोरो अंकले बढेको छ । बुधबार नेप्से ४०.४० अंकले बढेर २४३२.१४ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक पनि ८.११ अंकले बढेर ४३८.६० अंकमा पुगेको छ ।

नेप्सेमा आज कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको सेयरमा हरियाली छाएको छ । कारोबार रकमको आधारमा आज नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । बैंकको २० करोड ४८ लाख ४ सय २३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज नेप्सेमा कुल २१२ वटा कम्पनीको ८६ लाख २६ हजार ६ सय ६७ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ३७ करोड ४५ लाख ५२ हजार एक सय ७८ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !