७ जेष्ठ २०८१, सोमबार

प्रभु साहलाई नपर्खी प्रदेश सभा दुईका चार सांसद माओवादी केन्द्रमा फर्किदै

प्रकाशित मिति :  18 March, 2021 2:23 pm


काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारमा मन्त्री बनेका माओवादी केन्द्रका प्रभु साह निकट मानिएका प्रदेशसभा दुईका चारजना सांसदहरू माओवादी केन्द्रमा फर्किने तयारी गरिरहेका छन् ।

ओली सरकारमा मन्त्री रहेका साहले फर्किन अलमलमा रहेकाले उनलाई नपर्खी उनीहरू फर्किने तयारी गरिरहेको निकट स्रोतको दाबी छ ।
माओवादीमा फर्किनका लागि ज्वाला शाहले प्रभु साहसँग डिल गरिएको बुझिएको छ ।

तर रामचन्द्र मण्डल लगायतका अन्य सांसदहरू प्रभु साहलाई नपर्खिने र केही दिनमै निर्णय लिएर पुरानै पार्टीमा फर्किने तयारी गरिरहेको मण्डल निकट स्रोतले जनाएको छ । प्रभु साह भने अब बन्ने सरकारमा पनि मन्त्री सुनिश्चितता खोजेकोले उनी फर्कने नफर्कने टुङ्गो नभएको देखिएको छ ।

माओवादी तर्फका मन्त्रीहरूले आफूहरू नफर्किने बेला साहले फर्किने संकेत गरेका थिए । फर्किएर ओझेलमा पर्ने आंशका साहलाई भएकोले उनी अलमलमा रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !