२० बैशाख २०८१, बिहिबार

कृषि नीतिको मस्यौदामाथि सरोकारलासँग मन्त्रालयको छलफल, माटो सुुहाउँदो नीति बनाउन सुुझाव

प्रकाशित मिति :  18 March, 2021 5:57 pm


काठमाडौं ।

राष्ट्रिय कृषि नीति २०७७ को मस्यौदामाथि छलफल गरिएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले बुधबार सरोकारवाला निकायसँग छलफल गरेको हो ।

छलफलमा दुुग्ध, पोल्ट्री, फ्लोरिकल्चर, तरकारी, फलफुल लगायतका कृषिका वस्तुुगत क्षेत्रका सरोकारवाला, उद्यमी, कृषि विज्ञ तथा कृषि क्षेत्रलाई प्रतिनिधित्व गर्ने विभिन्न संघसंस्थाका प्रतिनिधीसमेतको उपस्थिति थियो ।

छलफलमा सहभागीहरुले नेपालको माटो अनुकूल नीति बनाउन सुझाव दिएका छन् । सरकारले राष्ट्रिय कृषि नीति २०६० को साटो नयाँ संविधान, कानून तथा नीति नियम अनुकूल हुने गरि नयाँ कृषि नीति ल्याउन थालेको हो ।

 



प्रतिक्रिया दिनुहोस !