१४ बैशाख २०८१, शुक्रबार

बलिउड नायक आमिर खानलाई कोरोना संकमण

प्रकाशित मिति :  24 March, 2021 2:31 pm


काठमाडाैं  । बलिउड नायक आमिर खानलाई कोरोना संक्रमण पृष्टि भएकाे छ । उनलाई कोरोना पाेजेटिभ देखिएकाे भारतिय संचार माध्यमहरुले जनाएका छन् ।

उनको स्वास्थ्यमा हाल केही समस्या नदेखिए पनि उनी सेल्फ क्वारेन्टिनमा रही सम्पुर्ण स्वास्थय मापदण्ड पालना गरेको उनका प्रवक्ताले जानकारी दिएका छन् ।

खानले पछिल्लो समय आफ्नो सम्पर्कमा आएका सबैलाइ एक पटक कोरोना जाँच गर्न अनुरोध गरेका छन् ।

भारतमा केही हप्तादेखि काेराेना संक्रमण बढ्दै गएकाे छ । एक दिनमै संक्रमितकाे संख्या ५० हजारकाे नजिक पुगेकाे छ । महाराष्ट्रमा सबैभन्दा धेरै संक्रमित भेटिएकाे एवीपी न्युजले जनाएकाे छ । महाराष्ट्रमा मात्रै २४ घण्टामा २८ हजार ६९९ संक्रमित थपिएका छन् ।

 



प्रतिक्रिया दिनुहोस !