१३ बैशाख २०८१, बिहिबार

भारतमा २४ घण्टामा ५३ हजार माथि संक्रमित, २५१ जनाको मृत्यु

प्रकाशित मिति :  25 March, 2021 1:03 pm


भारतमा पछिल्लो २४ घण्टा ५३ हजार भन्दा बढी कोराना संक्रमित थपिएका छन् । त्यस्तै कोरोनाबाट थप २५१ जनाको मृत्यु भएको छ ।

भारतमा केही हप्तादेखि कोरोनाको नयाँ रुप देखिएसँगै संक्रमितहरुको संख्या बढ्दै गएको छ। नयाँ रुपको संक्रमण फैलिएसँगै आज सबैभन्दा बढी संक्रमित फेला परेको जनाएको छ । महाराष्ट्रमा सबैभन्दा बढी संक्रमति थपिएका छन ।

अहिलेसम्म २० भन्दा बढी जिल्लामा कोरोना संक्रमति बढेका छन् भने १० जिल्लामा संक्रमितकाे संख्या ह्रातै बढेकाे छ । संक्रमण फैलिनेमा सबै भन्दा बढी महाराष्ट्रमा ३१ हजार भन्दा माथि संक्रमित थपिएको जनाएको छ ।

भारतमा कोरोनाको नँया रुप देखिएसंगै भारत सरकारले हालका लागि कोरोना खोप निर्यात बन्द गरेको छ । देशलाइ प्राथमिकतामा राखेर हालका लागि कोरोना खोप निर्यात बन्द गरेकाे स्वास्थय मन्त्रालयले जनाएकाे छ ।

भारतले अहिलेसम्म ८० बढी देशमा ६ करोड ४ लाख डोज खोप निर्यात गरेको छ । भारतमा अहिलेसम्म ४ कराेड २७ लाख भन्दा माथिले काेराेना खाेप लगाएका छन् ।



प्रतिक्रिया दिनुहोस !