१२ बैशाख २०८१, बुधबार

भारतमा २४ घण्टामा ६८ हजार काेराेना संक्रमित

प्रकाशित मिति :  29 March, 2021 12:40 pm


काठमाडाैं । भारतमा काेराेनाकाे दाेस्राे लहर तीब्र गतिमा बढ्दै गएकाे छ । पछिल्लाे २४ घण्टामा भारतमा ६८ हजार २० जनामा काेराेना संक्रमित पृष्ट भएकाे छ । २४ घण्टामा काेराेना संक्रमणबाट २९१ जनाकाे मृत्यु भएकाे छ ।  पछिल्लाे २४ घण्टामा संसारमा बढी संक्रमित हुनेमा भारत रहेकाे छ ।

काेराेनाकाे दाेस्राे लहर फेलिएसँगै भारतमा सबैभन्दा बढी संक्रमित भेटिएका छन् । भारतकाे महाराष्ट्रमा सबै भन्दा धेरै संक्रमित रहेका छन् । संक्रमित बढ्दै गएपछि महाराष्ट्र राज्यले अप्रिल १५ गलेसम्मका लागि रातकाे ८ बजेदेखि विहान ७ बजेसम्मका लागि कर्फ्यु अादेश जारी गरेकाे छ । संक्रमण धेरै भएका अन्य राज्यमा केरला, कर्नाटक, गुजरात, पंञ्जाव, हरियाणा, तामिलनाडु र मध्य प्रदेश रहेका छन् ।

भारतमा अहिलेसम्म काेराेना संक्रमितकाे संख्या १ कराेड २० लाख ३९ हजार ६४४ पुगेकाे छ  । जसमध्ये १ कराेड १३ लाख ५५ हजार निकाे भइसकेका छन् । संक्रमितमध्ये अहिलेसम्म १ लाख ६१ हजार ८४३ जनाकाे मृत्यु भइसकेकाे छ । भारतमा ६ कराेड ५ लाख ३० हजार ४३५ जनाले काेराेना विरुद्धकाे खाेप लगाइसकेका छन् ।



प्रतिक्रिया दिनुहोस !