७ बैशाख २०८१, शुक्रबार

ब्राजिलमा कोराेना संक्रमणबाट २४ घण्टामा १६५६ भन्दा बढीको मृत्यु

प्रकाशित मिति :  29 March, 2021 6:02 pm


एजेन्सी। ब्राजिलमा काेराेना संक्रमणबाट एकै दिनमा एक हजार ६ सय ५६ जनाको मृत्यु भएकाे छ । पछिल्लाे २४ घण्टामा थप १ हजार ६ सय५६ जनाको कोरोना भाइरस संक्रमणबाट निधन भएको हो ।

ब्राजिलमा अहिलेसम्ममा ३ लाख १२ हजार भन्दा बढीकाे काेराेना संक्रमणबाट मृत्यु भएकाे स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

गत २४ घण्टामा ब्राजिलमा ४४ हजार ३२६ जना काेराेना संक्रमित थपिएका छन् । काेराेना संक्रमणकाे दाेस्राे लहर शुरु भएसँगै ब्राजिलमा काेराेना सक्रमितकाे संख्या १ करोड २५ लाख माथि पुगेकाे छ ।

ब्राजिलको साओ पाओलो शहर शुरुदेखि नै यो संक्रमणको केन्द्रबिन्दुको रुपमा रहेको पनि पाइएको छ । यस शहरका स्वास्थ्य संस्थाहरु भरिएका छन् भने ती संस्थाका करिब ९१ प्रतिशत जति आकस्मिक कक्षहरु पनि भरिएका पाइएको छ ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयले सोमबार दिएको जानकारीमा पछिल्लो समयमा मृत्यु हुनेकाे संख्या दिन प्रतिदिन बढ्दै गएको छ । यहाँका प्रति एक लाख जनामा ५ हजार ४८२ जनामा यो संक्रमण हुने गरेको छ । त्यस्तै यहाँका प्रति एक लाख जनसंख्या संक्रमणमा कम्तीमा पनि १३३ जनाको ज्यान जाने गरेको पनि बताइएको छ ।



प्रतिक्रिया दिनुहोस !