१४ बैशाख २०८१, शुक्रबार

भारतमा कोरोना संक्रमण तीब्र गतिमा बढदै, २४ घण्टामा ७२ हजार संक्रमित, ४५९ जनाको मृत्यु

प्रकाशित मिति :  1 April, 2021 12:48 pm


काठमाडाैं । भारतमा कोरोना संक्रमण तीब्र गतिमा बढदै गएको छ । पल्छिलो २४ घण्टामा भारतमा ७२ हजार ३३० जनामा कोरोना संक्रमण पृष्टि भएको छ । २४ घण्टामा ४५९ जनाको काेराेना संक्रमण्बाट मृत्यु भएको छ ।

भारतमा कोरोनाको दोस्रो लहर शुरु भएपछि ६ महिना यताकै सबैभन्दा बढी संक्रमति भेटएिका हुन् । भारतको महाराष्ट्रमा सबैभन्दा धेरै संक्रमति रहेका छन । पछिल्लो २४ घण्टामा महाराष्ट्रमा ३९ हजार ५४४ जनामा संक्रमण पृष्टि भएकाे छ । पछिल्लाे २४ घण्टामा महाराष्ट्रमा मात्रै काेराेना संक्रमणबाट २२७ जनाको मृत्यु भएको छ ।

भारतमा हालसम्म १ करोड २२ लाख २१ हजार ६६५ जनामा संक्रमण पृष्टि भएको छ । १ करोड १४ लाख ७४ हजार ६८३ जना कोरोना जीतेर निको भइसकेका छन। संक्रमति मध्ये १ लाख ६२ हजार ९२७ जनाको मृत्यु भएको छ ।

भारतमा जनवरी १६ देखि काेराेना विरुद्धकाे खाेप अभियान शुरु भएकाे थियाे । जनवरी १६ देखि मार्च ३० सम्म भारतमा कोरोना विरुद्धको खोप लगाउने संख्या ६ करोड ५१ लाख १७ हजार रहेकाे छ ।

 



प्रतिक्रिया दिनुहोस !