१२ बैशाख २०८१, बुधबार

शनिबार एमाले नेपाल समूहको संगठन विस्तार तथा सुदृढीकरण अभियानको घोषणा

प्रकाशित मिति :  2 April, 2021 5:10 pm


काठमाडौ । नेकपा एमालेको माधवकुमार नेपाल समूहले संगठन विस्तार तथा सुदृढीकरणसम्बन्धी अभियान शनिबार घोषणा गर्ने भएको छ ।
शुक्रबार बसेको एमाले नेपाल समूहका स्थायी समितिको बैठकबाट यस्तो निर्णय गरिएको हो ।

बैठकले राष्ट्रिय भेलाबाट पारित भएको ‘राजनीतिक प्रतिवेदन’लाई तलतहको कार्यकर्तामाझ लिएर जाने निर्णय गरेको छ।

यसैगरी बैठकले पार्टी उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाहीको विरोध गरेको छ ।

नवौं महाधिवेशनबाट पारित विधान विपरीत र पूर्वाग्रही तवर कारबाही भएको निष्कर्ष बैठकले गरेको नेता योगेश भट्टराईले जनाए ।

उनले कमरेड केपी ओली एमालेलाई विभाजित गर्न उद्दत भएको पुष्टि भएकोले त्यसको निन्दा र भत्र्सना गरेको बताए । एमाले अध्यक्ष ओलीले बिहीबार नेताद्वय भुसाल र पाण्डेलाई पार्टी सदस्यबाट ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेका थिए ।

उनले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पनि यही किसिमको कारबाही गरेका थिए ।नेपाल समूहका नेताहरूले भने कारबाहीको कुनै अर्थ नहुने दाबी गर्दै आएका छन् ।

नेपाल समूहका नेताहरूले गत चैत ४ र ५ गते भएको राष्ट्रिय कार्यकर्ता भेला गरेका थिए । सो भेलामा प्रस्तुत भएको अवधारणामा १० वटा टोली बनाइ सुझावलाई समेटेर तयार पारिएको थियो ।



प्रतिक्रिया दिनुहोस !