२१ बैशाख २०८१, शुक्रबार

ट्राफिक सचेतनाले घटायो सवारी दुर्घटना

प्रकाशित मिति :  6 April, 2021 12:20 pm


फाइल फाेटाे

पर्वत ।  ट्राफिक सचेतनाका लागि निरन्तर अभियान सञ्चालन भएसँगै पर्वतमा सवारी दुर्घटनाका घटनामा कमी आएको छ । सवारी दुर्घटना घटेसँगै वार्षिक मृत्यु हुनेको सङ्ख्या घट्दै जान थालेको छ ।

दुर्घटना न्यूनीकरणका लागि सवारी जाँचमा कडाइ र कारवाहीको प्रक्रिया अघि बढाएसँंगै दुर्घटना पनि कम हुँदै गएको हो । जिल्लामा आव २०७४÷७५ मा छ वटा सवारी दुर्घटनामा तीन जनाको मृत्युका साथै ४६ घाइते भएका थिए । यसैगरी आव २०७५÷७६ मा १५ वटा सवारी साधन दुर्घटनामा १५ जनाको मृत्यु र ७४ घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

आव २०७६÷७७ मा १८ सवारी दुर्घटनामा सात जनाको मृत्यु र १६ जना घाइते भएका छन् । गत वर्ष १८ सवारी दुर्घटनामा १५ जनाले ज्यान गुमाएको भए पनि यो आवमा १२ सवारी दुर्घटनामा छ जनाले मात्र ज्यान गुमाएका हुन् । सवारी दुर्घटनामा ठूला सवारी साधनभन्दा पनि साना सवारी साधन बढी दुर्घटना हुने गरेको प्रहरीले बताएको छ ।

सडक सञ्जाल र यातायातका साधन बढ्दै जाँदा हरेक वर्ष सवारी दुर्घटनामा पनि कमी आउन थालेको छ । हालसम्मको तथ्याङ्कअनुसार सबैभन्दा बढी दुर्घटना मोटरसाइकलबाट भएको देखिन्छ । मोटरसाइकल दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या केही बढी छ ।

पछिल्लो समय बढ्दो सवारी साधनको चाप, साँघुरो बाटो, क्षमताभन्दा बढी यात्रु बोक्ने, सडकको जीर्ण अवस्था र सडक निर्माणका नाममा ठेकेदारले वर्षौं लगाउँदा केही दुर्घटना भएको निमित्त ट्राफिक प्रहरी प्रमुख रेशम थापाले बताए ।रासस



प्रतिक्रिया दिनुहोस !