१९ बैशाख २०८१, बुधबार

बर्दियामा मान्छे खाने बाघ जावलाखेलकाे चिडियाखानामा ल्याइयो

प्रकाशित मिति :  6 April, 2021 12:56 pm


ललितपुर । बर्दिया राष्ट्रियनिकुञ्जमा रहेको १० बर्षको भाले बाघलाई नियन्त्रणमा लिई मंगलबार सदर चिडियाखाना जावलाखेल पुर्याइएको छ । बर्दियाराष्ट्रिय निकुञ्जमा कार्यरत कर्मचारीलाई आक्रमण गरी मारेपछि उक्त बाघलाई नियन्त्रणमा लिइएको थियो ।

आइतबार साँझ पौने ६ बजे ठाकुरबाबा नगरपालिका ९ गैडामचानस्थित बर्दिया राष्ट्रिय निकुञ्जका कर्मचारी पुलिसराम थारुलाई हात्तीसहित गैंडा गणना गर्न गएका बेला उक्त बाघले आक्रमण गरी ज्यान लिएकाे थियाे ।

उनी हात्तीबाट भुइँमा झरेको समयमा बाघले उनीमाथि आक्रमण गरेको थियो । उनलाई बाघले आक्रमण गरी  करिब २०० मिटर टाढा पुर्याएको थियो। पछिल्लो समय बर्दिया राष्ट्रिय निकुञ्ज वरपरका वस्तीमा बाघको आतंक बढ्दै गएको छ ।

यस बर्षमा मात्रै बाघको आक्रमणमा परी १० जनाको ज्यान गएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग तथा राष्ट्रिय प्रकृति संरक्षण कोषले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !