१६ बैशाख २०८१, आइतबार

अप्रिल ३० सम्म भारतकाे दिल्लीमा रात्रिकालिन कर्फ्यू

प्रकाशित मिति :  6 April, 2021 2:32 pm


काठमाडाैं । कोरोना संक्रमण तीब्र गतिमा बढ्दै गएपछि भारतको राजभानी नँया दिल्लीमा रात्रीकालिन कर्फ्यू घोषणा भएको छ । दिल्ली सरकारले राती १० बजेदेखि बिहान ५ बजेसम्मका लागि कर्फ्यू लगाउने भएको छ । दिल्ली सरकारका अनुसार ३० अप्रिलसम्मका लागि कर्फ्यू लगाइएको छ ।

भारतमा पछिल्लो समय कोरोना संक्रमण तीब्र रुपमा बढ्दै गएको छ । हिजाे साेमबार मात्रै  १ लाख भन्दा माथि संक्रमित थपिएका थिए ।  पछिल्लो २४ घण्टामा ९६ हजार ९८२ जनामा कोरोना संक्रमण पृष्टि भएको थियो ।

नयाँ दिल्लीमा सोमबार ३ हजार ५ सय ४८ जनामा संक्रमण देखिएको थियो । यो सँगै दिल्लीमा कोरोना संक्रमितको संख्या ६ लाख ७९ हजार ९६५ पुगेको छ ।

कोरोना खोप लगाइरहेको भए पनि भारतमा अहिले  संक्रमण बढ्दै गएको छ । संक्रमण बढ्दै गएपछि दिल्लीका मुख्यमन्त्री केजरीवालले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भ्याक्सिन लगाउन उमेरको सीमालाइ हटाउन अनुरोध गरेका छन्।



प्रतिक्रिया दिनुहोस !