२३ बैशाख २०८१, आइतबार

व्यवसायी प्रधान नेपाल वायु सेवा निगमकाे सञ्चालक सदस्यमा नियुक्त, महासंघबाट राजनीतितिर लाग्नेवित्तीकै फलिफाप

प्रकाशित मिति :  6 April, 2021 4:33 pm


काठमाडाैं ।

विराटनगरका व्यवसायी किशोरकुमार प्रधानलाई सरकारले नेपाल वायुसेवा निगमको सञ्चालक समिति सदस्यमा नियुक्त गरेकाे छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त्त ढकालले उनलाई निगमको सञ्चालक सदस्यमा ४ वर्षका लागि नियुक्ति गरेका हुन् ।

प्रधान १८ दिन अघि एमालेमा प्रवेश गरेका थिए । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाएर पार्टी प्रवेश गराएका थिए ।

उनी मंसिरमा सम्पन्न नेपाल उधोग वाणिज्य महासंघको निर्वाचनमा वरिष्ट उपाध्यक्षका उम्मेद्वार चन्द्र ढकालसँग पराजित भएका थिए । त्यसअघिकाे निर्वाचनमा पनि उनलाई शेखर गोल्छाले हराएका थिए ।



प्रतिक्रिया दिनुहोस !