१६ चैत्र २०८०, शुक्रबार

भारत विश्वमा कोरोना संक्रमणको नँया हटस्पट, २४ घण्टामा १ लाख २६ हजार संक्रमित

प्रकाशित मिति :  8 April, 2021 11:23 am


एजेन्सी । भारत विश्वमा कोरोना संक्रमणको नँया हटस्पट बनेको छ । भारतमा एक दिनमै १ लाख २६ हजार ७८९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ, जुन विश्वमा सबै भन्दा धेरै हाे । त्यस्तै २४ घण्टामा ६ सय ८५ जनाकाे संक्रमणबाट मृत्यु भएकाे छ ।

भारत पछि ब्राजिल र अमेरिकामा संक्रमण धेरै फैलिएकाे छ । पछिल्लाे २४ घण्टामा ब्राजिलमा ९० हजार र अमेरिका ७५ हजार जनामा कोरोना संक्रमण भेटिएकाे थियाे ।

पछिल्लो १ महिनादेखि भारतमा संक्रमणको दर ह्वातै बढेकाे छ । जनवरी १६ देखि कोरोना विरुद्धको खोप शुरु भएको भारतमा १ फ्ररवरीमा ८ हजार ६३५ जनामा कोरोना संक्रमण देखिएको थियो ।

गत मार्च ७ मा भारतभर जम्मा १८ हजार ५ सय ९९ जनामा संक्रमण भेटिएको थियो । मार्चको अन्तिम सातादेखि संक्रमण तीब्र रुपमा बढ्दै गएको छ ।

भारतका महाराष्ट्र, गुजरात, राजस्थान, उत्तर प्रदेश, पश्चिम बंगाल, कर्नाटका,मध्य प्रदेश, केरला र बिहार राज्यमा अहिले संक्रमण तीव्र रूपमा फैलिरहेको छ।

कोरोनाको दोस्रो लहर नियन्त्रणभन्दा बाहिर जान थालेपछि महाराष्ट्र र दिल्लीमा रात्रिकालीन कर्फ्यू लगाइसकेको छ । उत्तर प्रदेशका केही स्थानमा पनि आजदेखि रात्रिकालीन कर्फ्यू लगाइने भएको छ ।



प्रतिक्रिया दिनुहोस !