२६ बैशाख २०८१, बुधबार

कारोबारको पहिलो दिन रेकर्ड ब्रेक गदै नेप्से

प्रकाशित मिति :  12 April, 2021 4:17 pm


काठमाडौं । साताको कारोबारको पहिलो दिन नेप्सेले फेरी रेकर्ड ब्रेक गरेको छ । मंगलबार नेपाल स्टक एक्सचेन्ज नेप्सेले रेकर्ड ब्रेक गर्दै अलटाइम हाइ बिन्दुमा पुगेको हो । नेप्से परिसूचक १७.२० अंकले बढेर २६९१.५५ अंकमा पुगेको हो । त्यस्तै राम्रा र बलिया कम्पनीको सूचक पनि ३.७० अंकले बढेर ४८०.२९ अंकमा पुगेको छ ।

सोमबार १३ उपसमूह मध्ये ७ वटा उपसमूहको सेयर बढेको छ भने ६ वटा उपसमूहको सेयरमूल्य घटेको छ ।आज जीवन बीमा समूह सर्वाधिक १९७.७९ अंकले उकालो लागेको छ । लघुवित्त समूह १८८.८६ अंकले बढेको आज बैंकिङ समूहमा १७.८१ अंक, विकास बैंक समूहमा ३९.३६ अंक, उत्पादन तथा प्रशोधन समूहमा १४.०६ अंक र म्युचुअल फन्ड समूहमा ०.०२ अंकले बढेको छ ।

त्यस्तै होटेल तथा पर्यटन समूह सर्वाधिक ७५.१९ अंकले ओरालो लागेको छ। व्यापार समूह ६९.६२ अंकले घटेको आज जलविद्युत् समूहमा ४२.६७ अंक, वित्त समूहमा १.३६ अंक, अन्य समूहमा २९.७२ अंक र लगानी समूहमा ०.३३ अंकले ओरालो लागेको छ ।

नेप्सेमा आज एनआईसी एसिया बैंकको सर्वाधिक २५ करोड ७ लाख रुपैयाँ बढीको कारोबार भएको छ।कूल २ सय १६ कम्पनीको एक करोड ३६ लाख ३२ हजार ८ सय कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ५० करोड ४७ लाख २१ हजार ७ सय २९ रुपैयाँ बराबरको कारोबार भएको छ ।



प्रतिक्रिया दिनुहोस !