१४ बैशाख २०८१, शुक्रबार

नेपालमा पनि बढ्न थाल्याे काेराेना संक्रमण,२४ घण्टामा ५५९ जना संक्रमित, ८ जनाकाे मृत्यु

प्रकाशित मिति :  12 April, 2021 5:22 pm


काठमाडाैं । नेपालमा पनि काेराेना संक्रमणकाे दाेस्राे लहर बढ्दै गएकाे छ । पछिल्लाे २४ घण्टामा नेपालभर भएकाे ५ हजार १०५ परीक्षणमा थप ५५९ जना काेराेना संक्रमण पृष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

२४ घण्टामा देशभर काेराेना संक्रमणबाट ८ जनाकाे मृत्यु भएकाे छ ।

याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २ लाख ८० हजार ५२४ पुगेकाे छ । संक्रमित भइ निकाे हुनेकाे संख्या २ लाख ७४ हजार १६५ रहेकाे छ ।  संक्रमितमध्ये ३ हजार ५३ जनाकाे मृत्यु भइसकाेकाे छ ।



प्रतिक्रिया दिनुहोस !