१४ बैशाख २०८१, शुक्रबार

वीरगञ्जस्थित नारायणी अस्पतालमा १ जना काेराेना संक्रमितकाे मृत्यु

प्रकाशित मिति :  13 April, 2021 11:18 am


वीरगञ्ज । कोरोना सङ्क्रमणबाट वीरगञ्जस्थित नारायणी अस्पतालमा काेराेना संक्रमित युवककाे मृत्यु  भएको छ।

श्वासप्रश्वासमा समस्या, उच्च जरो, कडा निमोनियाबाट ग्रसित रहेका युवकको आज बिहान ३ः३० बजे वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

बाराको जितपुर–सिमरा उपमहानगरपालिकाका–९ छातापिपरा निवासी ३७ वर्षीय पुरुषको चैत्र २९ गते कोरोना रिर्पोट पोजेटिभ आएको थियो । उनी भारतको हैदरावादबाट नेपाल फर्किएका थिए ।

चैत २६ गतेदेखि वीरगञ्जको एडभान्स हस्पिटलमा उपचार गराइरहेका युवकमा सङ्क्रमण पुष्टि भएपछि उनलाई थप उपचारका लागि चैत ३० गते नारायणी अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ।

 



प्रतिक्रिया दिनुहोस !