१८ बैशाख २०८१, मंगलबार

काेशी अस्पतालमा काेराेना संक्रमित महिलाकाे मृत्यु

प्रकाशित मिति :  15 April, 2021 12:11 pm


विराटनगर । विराटनगरमा एक जना काेराेना संक्रमित महिलाकाे मुत्यु भएकाे छ । विराटनगर बरगाछी निवासी ४६ बर्षिय महिलाकाे बिहिबार बिहान काेशी काेभिड अस्पतालमा मृत्यु भएकाे काेशी अस्पतालले जनाएकाे छ ।

स्वास्थयमा सामान्य समस्या देखिएपछि उनी उपचारका लागि नाेवेल अस्पताल पुगेकी थिइन । पीसिआर परीक्षण गर्दा रिर्पाेट पाेजेटिभ आएपछि उनलाई काेशी काेभिड अस्पताल पुर्याइएकाे थियाे । उनकाे उपचारका क्रममा मृत्यु भएकाे काेशी अस्पताले जनाएकाे छ ।

नेपालभर अहिले काेराेनाकाे संक्रमण बढ्दै गएकाे छ । त्यसमा पनि विराटनगरमा दिनप्रति दिन संक्रमित थपिदैँ छ । विराटनगरमा बृधबार मात्रै १५ जनामा काेराेना संक्रमण पृष्टि भएका थियाे ।

 



प्रतिक्रिया दिनुहोस !