१८ बैशाख २०८१, मंगलबार

कोरोना संक्रमित एक पत्रकारको मृत्यु

प्रकाशित मिति :  15 April, 2021 1:46 pm


काठमाडौं । कोरोना सङ्क्रमणका कारण अग्रज पत्रकार ४८ वर्षीय कमल मिश्रको मृत्यु भएको छ । उनको शुक्रराज ट्राफिल सरुवा रोग अस्पताल टेकुमा उपचारका क्रममा मृत्यु भएको हो ।

विर्तामोड नगरपालिका–८ निवासी पत्रकार केही समयअघि भारतको धार्मिक कार्यक्रममा गएर फर्किएका थिए । भारतबाट फर्किएलगत्तै बिरामी परेको उनलाई स्वाथ्य समस्या आएपछि उपचारका लागि टेकु अस्पताल भर्ना गरिएको थियो ।

उपचारकै क्रममा गए राति उनको मृत्यु भएको हो । उनी विगत दुई वर्षदेखि काठमाडौँको भक्तपुरस्थित एक धार्मिक संस्थामा बसेर अभियानकर्मीका रूपमा काम गर्दै आएका थिए ।



प्रतिक्रिया दिनुहोस !