१८ बैशाख २०८१, मंगलबार

२०७८ सालको पहिलो दिन पनि सेयर बजारमा नयाँ इतिहास कायम, लगानीकर्ता उत्साहित

प्रकाशित मिति :  15 April, 2021 3:49 pm


काठमाडौं । नयाँ वर्षको उमंगसँगै सेयरबजारमा पनि हरियो रंग छाएको छ । नयाँ वर्षको कारोबारको पहिलो दिन आज सेयरबजारमा नयाँ उत्साह देखिएको हो । ०७७ सालको कारोबारको अन्तिम दिन नयाँ इतिहास कायम गरेर बन्द भएको सेयर बजार आज नयाँ वर्षको कारोबारको पहिलो दिन पुनः नयाँ इतिहास कायम गरेको छ ।

नेपाल स्टक एक्सचेन्ज नेप्से आज २० अंकले बढेर २७३५.४६ अंकमा पुगेर रोकिएको छ । यो हालसम्मकै उच्च हो । त्यस्तै राम्रा र बलिया कमपनीहरुको सूचक सेन्सेटिभ परिसूचक पनि ६.१७ अंकले बढेर ४९२.४४मा पुगेको छ ।

नेप्सेमा भएका कुल १३ वटा उपसमूहमध्ये ११ वटा उपसमूहको सेयर बढेको छ भने बाँकी २ वटा कम्पनीको सेयर घटेको छ ।

त्यस्तै आज कारोबार रकमको आधारमा एनआईसी एशिया लघुवित्त अग्रस्थानमा रहेको छ । त्यस्तै आज ९ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

बेष्ट फाइनान्स कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ भने एनआईसी एशिया लघुवित्त, ज्योति लाइफ इन्स्योरेन्स, महिला लघुवित्त, सिन्धु विकास बैंक, चन्द्रागिरी हिल्स लिमिटेड लगायत कम्पनिहरुको सेयरमूल्य ९ प्रतिशतभन्दा धेरै बढेको हो ।

खुलेको पहिलो घण्टामा नै उत्साह देखिएको बजारमा आज कूल २ सय १८ कम्पनीको सेयर कारोबार हुँदा १ करोड ८८ लाख ७२ हजार ३२५ कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ५७ करोड ४६ लाख ६२ हजार ३०९ रुपैयाँ बराबरको कारोबार भएको छ ।



प्रतिक्रिया दिनुहोस !